arrow

‘बसन्तले ल्याए वहार, कीर्तिपुरमा गुन्जीयो नेपाल नेपाल’

logo
प्रकाशित २०७३ वैशाख ६ सोमबार
hamrakura-cricket.jpg.jpeg
काठमाडौं । नामिवियाविरुद्धको विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो एक दिवसीयमा पनि बाँया हाते स्पिनर बसन्त रेग्मीले २ विकेट लिएर खेलमा बसन्तको वहार ल्याइदिए । ऋतुको कुरा गर्दा समेत वैशाख महिनाको जारी पहिलो साताबीच कीर्तिपुर मैदानमा खेल भएको छ । 
यसअघि शनिबार नामिवियाविरुद्ध घरेलु मैदानमा बसन्तले ३ विकेट चट्काएका थिए ।
 
दोस्रो खेलमा उनले नामिवियाका किपर जेन ग्रिन र गिर्रेइ स्न्यमानलाई एलबिडब्लुको सिकार बनाए । कप्तान स्टेफन बार्डसंग उत्कृष्ठ पारी खेलेका ग्रिनलाई बसन्तले अर्धशतक पूरा गर्न दिएनन् । ४७ रनमै रोके । यस्तै, उनले स्न्यमानलाई खाता नै खोल्न दिएन् । 
 
आफ्नो सातौं ओभरमा १ मेडन राखेका बसन्तले खेलमा सनसनी मच्चाइदिए । उनको विकेट उत्साहले कीर्तिपुर मैदान नेपाल, नेपालले गुन्जयमान भयो । उनले सात ओभर बलिङ गरेको अवस्थामा मात्र २१ रन दिएका थिए । यसअघि १६ एक दिवसीयमा उनले २३ रन लिइसकेका छन् ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ