arrow

के कोरोना फैलिनुमा चिनियाँ अधिकारीहरु दोषी छन् ?

logo
प्रकाशित २०७६ माघ २३ बिहिबार
corona-china-hospital.JPG

काठमाडौं । कोरोना भाइरसले कम्तिमा १८ व्यक्ति ज्यान लिसकेपछिमात्र त्यसको प्रसारलाई नियन्त्रण गर्ने प्रयासमा चीनले ११ करोड जनताको वुहान शहरमा ताला लगाउने अभूतपूर्व निर्णय गर्यो । 

१०,००० भन्दा बढी परिवारहरू नव बर्षको भोजको लागि वुहानमा भेला भएका थिए । केही चिकित्सकहरूले जनसमूहमा गरिएको भोजको समयबारे प्रश्न उठाएका छन् । “महामारीको समयमा यस्तो ठूलो भोजको आयोजना आधारभूत सामान्य ज्ञानको अभाव हो” शांघाईका एक श्वासप्रवास विशेषज्ञ सिन्जाउले भने । 

वुहान र नजिकैका हुआंगगांथ र इझाउ शहरहरु बन्द पनि गरिएका छन जहाँ २० करोड भन्दा बढी मानिसहरू बस्दछन् । यता मकाउका अधिकारीहरूले क्यासिनोहरु बन्द गर्ने बारे सोच्दैछन् । वुहान राजधानी भएको हुबेइ प्रान्तका पाँच अन्य शहरहरूले पनि यात्रामा प्रतिबन्ध लागू गर्यो । 

त्यस्ता कठोर उपायहरूले संकेत गर्दछ कि त्यो भाइरस, जसको लागि कुनै उपचार फेला परेको छैन, अपेक्षित भन्दा छिटो फैलिरहेको छ । वुहान सरकार नजीकका व्यक्तिहरू, जसमा सल्लाहकार र व्यापारिक कार्यकारीहरू पर्दछन, उनीहरूअनुसार सरकारी अधिकारीहरु उक्त भाइरस आफै नियन्त्रणमा आउने आशावादी थिए र उनीहरूले त्यहाँको वार्षिक कम्युनिष्ट पार्टीको बैठक सम्पन्न गर्नुलगायत अन्य कार्यहरुलाई प्राथमिकतामा राखी ध्यान केन्द्रित गरे ।

चाइना सेन्ट्रल टेलिभिजनसँगको एक अन्तर्वार्तामा वुहानका मेयर झो कानवाबलनले भने कि नव बर्षमा भोज आयोजना गर्दा स्थानीय अधिकारीहरू पर्याप्त सतर्क थिएनन् । उनीहरू निश्चिन्त थिए की सो भाइरस जनावरबाट सरी मानिसहरूमा धेरै समय टिक्दैन । भोजको भोलिपल्टै त्यो दिन बेइजिंगले महामारी रोग विशेषज्ञहरूको समूह वुहान पठाएको थियो । 

सो अन्तर्वार्ताको क्रममा उनले एक बिरामीबाट वुहानका दर्जनौं मेडिकल स्टाफमा भाइरस सरेको फेला परेको बताए । तर बताएनन् । यो भाइरसको कारण मुख्य भूमि चीनमा २५ हजारको हाराहारीमा मानिस बिरामी परेका छन् । 

२६ देशमा संक्रमण देखिएको छ । चीनलाई एक जिम्मेवार विश्वशक्तिको रूपमा चित्रण गर्ने राष्ट्रपति सी जिनपिंगको लागि अमेरिका र अन्य पश्चिमी देशहरूसँगको तनावको बीचमा यो सबैभन्दा ठूलो संकट र राजनीतिक परीक्षण को बिषय बनिरहेको छ ।

संक्रमणमा भएको वृद्धिलाई कम गर्न सीले यस हप्ता भाइरसको चपेटामा परेका शहरहरूको लागि यात्रा प्रतिबन्धको आदेश दिएका छन । यद्यपि विश्व स्वास्थ्य संगठनले भने यस्तो खाले बन्द पहिले नदेखिएको भन्दै यो उपाय कत्तिको प्रभावकारी हुन्छ भनेर देख्न बाँकी रहेको प्रतिक्रिया दिएको छ । डब्ल्यूएचओले प्रकोपलाई विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ । 

यसलाई नियन्त्रणमा ल्याउनको लागि भइरहेको प्रयासलाई उद्धृत गर्दै वांशिगटनस्थित अन्तराष्ट्रिय अध्ययन केन्द्रका चीन विशेषज्ञ जुडे ब्लान्चेटले भने की सीको नेतृत्व शैलीले “पर्ख र हेर” को रणनीति अख्तियार गरेको आरोप लगाएका छन् । उनले सरकारी अधिकारीहरुबाट ढिलो कदम चाल्नुको कारण बेइजिंगबाट हुने कार्यवाहीको लागि पर्खिन पर्नु हो । 

डिसेम्बर ३१ मै चिनियाँ सोशल मिडियामा पहिलो पटक उक्त भाइरसको सन्दर्भमा चर्चा भएको थियो जसमा २७ जना मानिस बिरामी परेको जिकिर गरिनुका साथै जंगली जनावरको बजार बन्द गर्न सुझाइएको थियो । त्यस्को एक सातामै संक्रमितको संख्या ४४ पुगेको थियो । चीनले पत्ता लगाएको लगत्तै प्रारम्भिक प्रकोपको बारेमा डब्ल्यूएचओलाई सूचित गर्यो । जनवरीको शुरूआतमा चिनियाँ स्वास्थ्य अधिकारीहरूले भाइरसको जीनोम पहिचान गरे र यो सार्स जस्ता रोगजनक परिवारको रहेको निर्धारित गरे, जुन त्यहाँको वैज्ञानिक समुदायको लागि उल्लेखनीय सफलता हो ।
 
वुहानका अधिकारीहरूले भाइरसको बारेमा सार्वजनिक चेतावनीहरू बढाउनुको साटो बर्षको शुरुवातमै ८ जनालाई भाइरसको बारेमा गलत जानकारी फैलाएको भन्दै प्रमाण बिनै पक्राउ गरिएको थियो । हप्ताभरी स्थानीय अधिकारीहरुले भाइरसबाट खास जोखिम छैन भनी ढिप्पी कसी बसेका थिए । शहरका शीर्ष नेताहरूले यस महिनाको वार्षिक नीतिगत बैठकहरूमा पनि भाइरस आधिकारिक एजेन्डामा बनाएनन, यद्यपि केही अधिकारीहरूले व्यक्तिगत रूपमा प्रश्न गरे ।

वुहानमा महामारी विज्ञहरू पठाइदा पनि बैठकले स्थितीको गम्भीरता बुझ्न सकेनन् । सार्स महामारीबारे अनुभवी  झोंगका अनुसार स्थानीय अधिकारीहरुले सार्वजनिक रुपले स्वीकारेभन्दा स्थिती धेरै नै खतरनाक थियो । स्थानीय विज्ञहरुको टोलीले उति खेरै शहर बन्द गर्ने सुझाब तर प्रान्तीय र नगरपालिकाका अधिकारीहरूलाई त्यसो गर्ने अधिकार थिएन त्यसैले उक्त टोली खाली हात बेइजिंग फर्कनुपर्यो । टोली फर्किएको पाँच दिन पछि मात्र शहर बन्द गरिएको थियो र शहर बन्द गरिनुको केही बेर पहिलेसम्म पनि हुवेइ प्रान्तका अधिकारीहरुले नाचगान तथा भोजभतेर गरिरहेका थिए । यदि समयमै उपयुक्त कदम चालिएको भए क्षति यसमा निकै कम हुन्थ्यो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ