arrow

पपुवा न्यूगिनीविरुद्धको खेल अघि नेपाल निराश, अभ्यास खेलमा ओमान ३ विकेटले विजयी

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1888393129.jpeg

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पपुवा न्यूगिनीविरुद्ध खेल्नयुएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तिम अभ्यास खेलमा ओमानसंग ३ विकेटले पराजित भएको छ ।

यसअघिका अभ्यास खेलमा सम्मानजनक प्रदर्शन गरेको नेपालले अवुधावीमा शनिबार भएको खेलमा निराशाजनक प्रदर्शन गरेको हो । ओमानलाई जितेर उच्च मनोवलका साथ पपुवा न्यूगिनीविरुद्ध खेल्ने नेपालको योजना विफल भएको छ । एक सय ८५ रनको चुनौती पछ्याएको ओमानले ११ बल खेल्न बाँकी छँदै ७ विकेट गुमाएर जित निकालेको हो ।

यसअघि, टस हारेर पहिले व्याटिङ गरेको नेपाली टोलीले ४९ ओभर ३ बलमा अलआउट हुनुपूर्व एक सय ८४ रन मात्र बनाउन सक्यो । कमजोर ब्याटिङ गरेको नेपालले सुरुआतमै ३ विकेट गुमाएको थियो । नेपालले तीन विकेट गुमाउँदो स्कोर २६ रन थियो ।  नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ७१ तथा कप्तान पारस खड्काले ४९ रन जोड्नबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । निकै खराब सुरुआत गरेको नेपालले टोलीको स्कोर मात्र ९ रन हुँदा ओपनर सुवास खकुरेललाई गुमाएको थियो ।

पारस र ज्ञानेन्द्रले चौथो विकेटका लागि ७७ रनको साझेदारी गर्दै टोलीलाई उकास्न खोजेपनि अन्य ब्याट्सम्यान क्रिजमा टिक्न नसकेपछि नेपाल सस्तैमा समेटियो ।
शरद भेषावकर ९, मेहबुब आलम, वसन्त रेग्मी र सागर पुन ७–७, करण केसी ५, विक्रम सोब १ रन बनाए । तीन विकेट चट्काएका शक्ति गौचन खाता नै नखोली आउट भए । ओमानका बिलाल खानले ४ खवार अलीले ३ तथा मुनिस अन्सारीले २ विकेट लिए । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले आउँदो सोमबार र बुधबार पपुवा न्युगिनीविरुद्ध खेल्दैछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ