arrow

नेपाल नामिविया क्रिकेट : नेपाल ३ विकेटले विजयी (लाइभ अपडेट)

logo
प्रकाशित २०७३ वैशाख ६ सोमबार
nepali-cricket-team.jpg.jpeg
नामिवियाविरुद्धको विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले संघर्षपूर्ण जित हासिल गरेको छ । २ सय ४० रनको कठिन चुनौती पछ्याएको नेपालले नामिवियालाई १ बल खेल्न बाँकी छँदा ७  विकेट गुमाएर ३ विकेटले पराजित गर्दै रोमान्चक जित हासिल गरेको हो । नेपाललाई अन्तिम २ बलमा १ रन आवश्यक रहेकामा शरद भेषावकरले चौका प्रहार गरेर जित सुनिश्चित गरेका हुन् ।  
  • नेपाललाई जितका लागि ३ बलमा २ रन आवश्यक ।  16:54:11

  • सोमपाल १ रन बनाएर आउट भए । नेपाललाई ५ बलमा ५ रन आवश्यक ।  16:52:22

  • सोमपाल १ रन बनाएर आउट भए । नेपाललाई ५ बलमा ५ रन आवश्यक ।  16:52:22

  • सोमपाल आउट ।  नेपाल कठिन मोडमा ।  16:49:29

  • सागर पुन आउट । नेपालको ६ विकेट पतन ।  16:45:43

  • नेपाललाई जितका लागि १८ बलमा ९ रन आवश्यक ।  16:41:01

  • विनोद भण्डारी आउट । नेपालको ५ विकेट पतन ।  16:37:51

  • नेपाल आक्रामक । जितको समीकरण बन्यो ।  16:28:32

  • राजेश पुलामी आउट । नेपालको ४ विकेट पतन ।  16:20:47

  • पारस खड्का सतक पुरा गरेर आउट भए ।  16:16:01

  • पारसले सेन्चुरी पूरा गरे । छक्का प्रहार । ८९ बलमा उले सेन्चुरी पुरा गरे । ७ छक्का ।  16:12:55

  • आउट हुनबाट गोगिए पारस ।  16:10:06

  • छक्का प्रहार । पारसको ६ छक्का । ७४ रनमा ८४ रन । 15:56:29

  • शरदले अर्धशतक पूरा गरे । पारस र शरदले १ सय ३२ रनको साझेदारी गरे ।  15:51:40

  • ३३ ओभरमा एक सय ५७ रन । २ विकेटको क्षति ।  15:44:16

  • छक्का प्रहार । पारसको पाँच छक्का  15:43:06

  • शरदको दोस्रो चौका ।  15:32:08

  • ५७ बलमा ६५ रन । पारसको छक्का चौका बराबर । ४–४ ।  15:31:04

  • पारसको ४५ बलमा ५० रन चौका छक्का बराबर ३–३ । 15:18:20

  • पारसको अर्धशतक पूरा ।  15:17:23

  • २५ ओभरमा एक सय ९ रन ।  15:16:14

  • पारसको छक्का चौकाले तातीयो कीर्तिपुर । खेल सनसनीपूर्ण ।  15:15:07

  • पारसले ३३ बलमा ४० रन बनाए ।  15:10:02

  • फेरि अर्को छक्का । नेपालको सय रन पूरा । पारसकाे ३ छक्का ।  15:07:25

  • छक्का प्रहार ।  15:06:13

  • २२ ओभरमा ८७ रन । २ विकेटको क्षति ।  15:04:15

  • पारसलाई आज टिक्नै पर्ने दबाब छ । फिल्डिङमा पारसले तीन वटा क्याच फुत्काएका थिए । पारस र शरदको भरोसा छ । त्यस्तै, विनोदबाट समेत नेपाली क्रिकेट समर्थकले निकै अपेक्षा गरेका छन् ।  15:00:04

  • १९ ओभमा ७८ रन । २ विकेट पतन ।  14:54:25

  • पारस र शरदको जोडि जम्दै । पारस २० बलमा २३ रन । शरद २९ बलमा १६ रन ।  14:52:36

  • १८ ओभरमा २ विकेट गुमाएर नेपालले ७० रन जोड्यो ।  14:49:11

  • नेपालको पहिलो छक्का । पारसले छक्का प्रहार गरे । फेरि चौका । 14:32:17

  • नेपालको दुई विकेट पतन । ज्ञानेन्द्र मल्ल आउट ।  14:30:24

  • १२ अाेभरमा ३५ रन ।  14:26:51

  • १० ओभरमा १ विकेट गुमाएर नेपालले ३१ रन बनायो ।  14:20:22

  • ९ ओभरमा १ विकेट गुमाएर २७ रन ।  14:15:47

  • शरद भेषावकर क्रिजमा आएका छन् । यसअघिको खेलमा शरदले टोलीलाई महत्वपूर्ण जित दिलाएका थिए । उनले अर्ध पार गरेका थिए ।  14:13:59

  • जेजे स्मितले नरेशलाई आउट गरे । नरेशले १९ बलमा ६ रन बनाए । 14:11:20

  • नेपाललाई पहिलो झट्का । नरेश बुढाऐर आउट ।  14:09:08

  • नेपाल व्याटिङमा : ७ ओभरमा विना विकेटको क्षतिमा २३ रन ।  14:06:53

  • नेपालको पहिलो चौका । ज्ञानेन्द्रले चौका प्रहार गरे ।  14:01:37

  • ४ ओभरको समाप्तीमा विना विकेटको क्षतिमा १२ रन । व्याटिङमा नेपाल  13:56:06

  • बाँया हाते बलर जेजे स्मितले कडा बलिङ गर्दै ।  13:53:25

  • ज्ञानेन्द्र मल्ल र नरेश बुढाऐर व्याटिङमा । नेपाल संयमित । ३ ओभरमा ९ रन ।  13:52:05

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ