arrow

फिल्डिङको दबाब फर्काए पारसले, छक्का–चौकाको वर्षापछि तातीयो कीर्तिपुर

logo
प्रकाशित २०७३ वैशाख ६ सोमबार
Parash_khadka_hamrakura-@-.jpg.jpeg.jpeg
काठमाडौं । फिल्डिङमा क्याच फुत्काएपछि दबाब खेपेका नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले छक्का चौकाको वर्षा गरेपछि कीर्तिपुर मैदान एका एक तातीयो । नेपालको २ विकेट पतनपछि क्रिजमा प्रवेश गरेका कप्तान पारसले आफ्नो सुरुकै पाँच लबभित्रै छक्का प्रहार गरेर उर्जा दिए । लतत्तै अर्को बलमा उनले चौका प्रहार गरे । दर्शक उत्साही भए । खेल सनसनीपूर्ण बन्यो । 
 
ओपनिङ जोडी नरेश बुढाऐर र ज्ञानेन्द्र मल्ल आउट भएपछि पारस मैदान छिरे । नरेश आउट भएपछि मैदान छिरेका शरद भेषावकर पारसका लागि बलियो खम्बा बने । दुवैको जोडी चम्कियो । शरदले यसअघिको खेलमा समेत नेपाली विकेट जोगाएर जित दिलाएका थिए । पारसले छक्का–चौकाको वर्षा गरेपछि शरद समेत उत्साही हुँदै चौका प्रहार गरे । 
 
शनिबारको खेलमा भने पारसले सम्मानजनक २१ रन बनाएका थिए । टस जितेर फिल्डिङ रोजेपछि पारसले नामिवियालाई एक सय ८० रनमै रोक्ने बताएपनि त्यसो हुन सकेन । जसको दोष पारसले खेपे । नामिवियाले ९ विकेट गुमाएर २ सय ३९ रन बनायो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ