arrow

रोहितको स्थानमा खेलेका कुशलले तोडे रोहितकै विश्व किर्तिमान

logo
प्रकाशित २०७६ माघ २५ शनिबार

काठमाडौं। नेपाली क्रिकेट टोलीबाट पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेका १६ बर्षिय कुशल मल्ले विश्वकिर्तिमान राखेका छन्। उनले सबैभन्दा कान्छो उमेरमा अन्तराष्ट्रिय अर्धशतक बनाएर किर्तिमान राखेका हुन्।

मल्लले १५ बर्ष ३ सय ४० दिनमा अर्धशतक बनाउँदै किर्तिमान राखेका हुन्। यसअघि पनि उक्त रेकड नेपाली खेलाडीको नाममा रहेको थियो। रोहित पौडेलले १६ बर्ष १ सय ४६ दिनमा अर्ध शतक बनाएका थिए। अघिल्लो वर्ष रोहितले यूएईविरुद्ध श्रृंखलामा नेपालका लागि अर्धसतक प्रहार गर्दै कीर्तिमान बनाएका थिए।

खेलको संयोग पनि कस्तो भने उनै रोहित पौडेलको ठाउँमा कुशल मल्ल खेलेका थिए। पहिलो खेलमा ओमान बिरुद्ध रोहित पौडेल खेलेका थिए भने दोस्रो खेलमा मल्ल रोहितको ठाउँमा अन्तिम ११मा परेका थिए।

नेपालका लागि पहिलो खेल खेलिरहेका कुशल मल्लले अर्धशतक बनाएका थिए। उनले ५१ बलमा तीन छक्का ४ चौका प्रहार गरेका थिए। उनले छैठौं विकेटका लागि विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीसँग ८४ रनको साझेदारी गरेका थिए। भण्डारीले ७९ बलमा १ छक्का ६ चौका सहित ५९  रन बनाएका थिए।

मल्ल र भण्डारीको साझेदारीले नेपाललाई सम्मान जनक स्कोर बनाउन महत्वपुर्ण योगदान दिएको थियो। ४९ रनमा ५ विकेट गुमाईसकेको नेपाल दवाबमा रहेको थियो। उक्त दवाबबाट निकालेर सहज स्थितीमा ल्याउन मल्ल र भण्डारीको साझेदारी काम गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ