arrow

नियम विपरीतका चिकित्सालयको दर्ता खारेज गरिने

logo
प्रकाशित २०७३ वैशाख ६ सोमबार
ausdhi photo.jpg.jpeg
काठमाडौँ । सरकारले निर्धारण गरेको मापदण्ड विपरीत सञ्चालन भएका आयुर्वेद चिकित्सालयको दर्ता खारेज गरिने छ । आयुर्वेद विभागमा दर्ता नभएका, जथाभावी विज्ञापन गरी भ्रम सिर्जना गरेका र पूर्वाधार नभएका उपचार केन्द्रलाई कारबाही गर्न लागिएको हो । 
 
कपाल झर्न रोक्ने, अर्बुद रोग निको पार्ने भन्ने जस्ता मिथ्या प्रचार गरी सेवाग्राहीलाई ठग्दैआएका उपचार केन्द्रको विभागले अनुगमन र नियमन गरिरहेको विभागका महानिर्देशक डा टेकराज पन्थीले जानकारी दिए । विभागले सामान्य क्लिनिक, पोलिक्लिनिक र अस्पताल सञ्चालनका लागि निश्चित पूर्वाधार तोकिदिएको छ । 
 
पोलिक्लिनिक तथा अस्पताल सञ्चालनका लागि योग, प्रयोगशाला, एक्स–रे, होमियोपेथिक, अकुपंचरलगायतको व्यवस्था अनिवार्य गरिएको र अनुगमनका क्रममा त्यस्तो नपाइएमा विभागले त्यस्तो व्यवस्था गर्न केही समय उपलब्ध गराउने व्यवस्था गरेको छ । सो अवधिमा पनि सुधार नभए दण्ड तोक्ने र दर्ता खारेजीसम्म गर्नसक्ने विभागका महानिर्देशक पन्थीले बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ