arrow

सैनिकले जथाभावी गोली चलाउँदा २१ जनाको मृत्यु

logo
प्रकाशित २०७६ माघ २६ आइतबार
thailand-army.jpg

काठमाडौं । थाइल्याण्डको उत्तर पूर्वी क्षेत्रस्थित नाखोन शहरमा एक सैनिकले गोली चलाउँदा २१ जनाको ज्यान गएको छ । 

घटनामा दर्जनौं घाइते भएको बताइएको छ । घटना सपिङ सेन्टर र बुद्धिष्ट मन्दिर नजिक भएको हो ।

थाइ रक्षा मन्त्रालयलाई उधृत गर्दै बीबीसीले लेखे अनुसार आफू कार्यरत ब्यारेकबाट हतियार र गोली नियन्त्रणमा लिनुअघि ती सैनिकले आफ्ना कमान्डिङ अफिसरलाई गोली हानेका थिए ।

त्यसलगत्तै सपिङ सेन्टरमा पनि उनले जथाभावी गोली प्रहार गरेको सरकारी अधिकारीहरुले जनाएका छन् । 

गोली हान्ने सैनिक अझै पनि सपिङ सेन्टरभित्रै रहेको हुन सक्ने अनुमान गरिएको छ । 

हत्याराले सामाजिक संजालमा यसको जानकारी गराए पनि यसको उद्धेश्य के हो अहिलेसम्म खुलेको छैन । 

स्वास्थ्य मन्त्रीले जानकारी दिए अनुसार ३१ जना घाइते भएका छन् । ती मध्ये १० जना गम्भीर छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ