arrow

इलाममा भ्रष्टाचार र कर वृद्धिविरुद्ध कांग्रेसको ज्ञापनपत्र

logo
प्रकाशित २०७६ माघ २६ आइतबार
illam.jpg

इलाम । स्थानीय तहमा बढेको बेतिथी र अनियमिताबिरुद्ध नेपाली कांग्रेसले खबरदारी गर्दै इलाम नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । आइतबार इलाम नगरपालिकाका उप–प्रमुख सुशीला नेम्वाङलाई ज्ञापनपत्र वुझाइएको नेपाली कांग्रेस इलाममका सभापति हिमालय कर्माचार्य बताए ।

ज्ञापन पत्र वुझाउन नेपाली सभापति हिमालय कर्माचार्य, सचिव खगेन्द्र देवान, नेपाली कांग्रेसका नेताहरु तोयानथ भट्टराई, भेषराज आचार्य, नरेन्द्र कुमाल, डम्बर खड्का, नुतन दुलाल लगायत पुगेका थिए ।  सभापति कर्माचार्यले भने,' नेपाली कांग्रेस इलामले जिल्लाका सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाउँदै खबरदारी गर्ने कार्यक्रम छ ।'

देशमा नै पहिलो पटक यस्तो खवरदारीसहित ज्ञापनपत्र बुझाउने नेपाली कांग्रेस इलामका सचिव खगेन्द्र देवानले जानकारी दिए ।  जिल्लाकै सूर्योदय, देउमाई र माई नगरपालिकामा २९ गते ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ । आगामी फागुन २ गते जिल्लाका अन्य सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको नेपाली कांग्रेस इलामले जानकारी दिएको छ ।

स्थानीय तहमा भएको अनियमितताको निगरानीको लागि नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले महासमिति सदस्य नगेन्द्र कुमालको संयोजकत्वमा समिति निर्माण गरेको थियो ।

स्थानीय तहमा बढेको भ्रष्टाचार, अनियमितता, कर्मचारी नियुक्तिमा एकलौटी पन र सार्वजनिक खरिद ऐन अनुसार गर्नुपर्ने काममा ब्यक्तिगत निर्णय हुने गरेका भन्दै त्यसको भण्डाफोर गर्न संघर्ष सहितका कार्यक्रम गर्न लागिएको प्रसारप्रचार समितिका संयोजक थापाले जानकारी दिए ।

 उनका अनुसार स्थानीय तहमा बढेको भ्रष्टाचार नियन्त्रण गर्न यस कार्यक्रमले सघाउ पुर्याउने नेपाली कांग्रेस इलामका सभापति हिमालय कर्मचायले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ