arrow

भारतलाई माथ खुवाउँदै बंगलादेशलाई विश्वकप क्रिकेटको उपाधि

logo
प्रकाशित २०७६ माघ २७ सोमबार
india-bangladesh-u-19-world.jpg

काठमाडौं । भारतलाई माथ खुवाउँदै बंगलादेशले आइसीसी यु–१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । 

दक्षिण अफ्रिकाको पोचेफस्टरूममा आइतबार भएको फाइनलमा भारतलाई डीएल पद्दतिको आधारमा ३ विकेटले पराजित गर्दै बंगलादेशले पहिलो पटक उपाधि जितेको हो ।

वर्षाका कारण ४६ ओभरमा झारिएको खेलमा भारतले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले ४२.१ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । 

भारतले दिएको १ सय ७८ रनको लक्ष्यसहित बंगलादेशले ब्याटिङ गरिरहँदा वर्षाले खेल रोकिएपछि डीएल पद्दतिको आधारमा बंगलादेशले नयाँ लक्ष्य पाएको थियो । 

बंगलादेशको जितमा परभेज होसेनले ४७, कप्तान अकबर अलीले नटआउट ४३ रन बनाए ।  भारतका रबि बिस्नोईले ४ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारत ४७.२ ओभरमा अलआउट हुँदै १ सय ७७ रन बनाउन सफल भएको थियो । 

भारतका लागि भुपेन्द्र कुमार जैसवालले ८८, तिलक वर्माले ३८ रन जोड्दा धुर्ब जुरेलले २२ रन बनाए । बंगलादेशका अभिषेक दासले ३ विकेट लिए । 

बंगलादेशको रेकर्ड 
बंगलादेशले पहिलो पटक उपाधि जितेको छ । बंगलादेशको जितले चार पटकको च्याम्पियन भारतलाई माथ खुवायो । 

अहिलेसम्म विश्वकप जित्ने बंगलादेश सातौं राष्ट्र बनेको छ । भारतले तेस्रो पटक फाइनल हारेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ