arrow

रोबोटबाट कोरोना संक्रमितलाई खाना र औषधि, ड्रोनबाट सूचना  

logo
प्रकाशित २०७६ माघ २७ सोमबार
corona-robot-drone.jpg

काठमाडौं । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले अहिलेसम्म ९१० जनाको ज्यान गइसकेको छ भने ४० हजार भन्दा बढी संक्रमित छन् । 

यो संख्या अझै बढी भएको दावी गरिएको छ । चीन सरकारले कोरोनाबाट बच्न निकै प्रयास गरिरहेको छ । त्यसका लागि फैलिन नदिन परिक्षणका लागि समेत बर्बर रुप देखाइरहेको खवर आइरहेको छ । 

अर्कातिर संक्रमित बिरामीलाई उपचारमा रोबोटको प्रयोग गरिएको छ । 

नयाँ तरिका अपनाउने क्रममा अस्पतालमा विरामीलाई खाना र औषधि रोबोटको मद्धतबाट पुर्याइएको छ । 

ताकि डाक्टर र नर्सहरुलाई समेत संक्रमण नफैलियोस् । 

यसका साथै ड्रोनको मद्धतबाट समेत मानिसलाई मास्क लगाउन र अन्य जरुरी घोषणाहरु गरिएको छ । 

बिरामीले ट्वीटरमार्फत आफूहरुलाई दिइएको सुविधा बारे पनि जानकारी दिइरहेका छन् । रोबोटले बाँडेको खाना र औषधिबारे पनि देखाइएको छ । 

केही बिरामीले आफूले राम्रो महसुस गरेको समेत बताएका छन् । 

रोबोटलाई अस्पतालका कर्मचारीसरहत प्रशिक्षण दिइएको थियो । रोबोटले कोरोना भाइरस फैलिन नदिन सही सावित हुन सक्छ । 

रोबोटले आइसोलेशन वार्डमा बिरामीलाई खाना लगिदिने र खानाका प्लेट हटाउने काम गरिरहेको छ । 

कोरोना भाइरसबारे पहिलो पटक जानकारी दिने डाक्टर ली वेनलियांगको गत फेब्रुअरी ७ तारिखमा मृत्यु भएपछि चीन सरकारले नयाँ शैली अपनाएको हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ