arrow

आईपीएल: मुम्बईलाई हराउँदै हैदरावादले जीतको खाता खोल्यो

logo
प्रकाशित २०७३ वैशाख ६ सोमबार
David_Warner.jpg.jpeg
काठमाडौं। सनराईजर्स हैदरावादले मुम्बई ईण्डियन्सलाई ७ विकेटले पराजित गर्दै जीतको खाता खोलेको छ। 
 
टस हारेर पहिले ब्याटिङ गरेकोमुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४२ रन बनाएको थियो। अम्बती रायडुले ५४ रन बनाएका थिए भने क्रुनाल पाण्ड्याले ४९* रनको योगदान गरेका थिए। 
 
वेष्टईण्डिजका केरन पोलार्डको ठाउँमा आफ्नो पहिलो आईपीएल खेल खेलिरहेका न्युजिल्याण्डका मार्टिन गुपटिल २ रनमा आउट भएका थिए। हैदरावादका बरिन्दर श्रनले ३ विकेट लिएका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको हैदरावादका अष्ट्रेलियाई खेलाडी डेविड वार्नरले ९०* रन बनाएका थिए। उनले ४ छक्का र ७ चौकाको मदतले उक्त रन बनाएका थिए। मोईसेस हेनरिक्सले २० रन बनाएका थिए। 
 
भारतिय टोलीका ओपनर शिखर धवनको खराब फर्म भने जारी रहेको छ। उनले ४ बलमा २ रन बनाएका थिए। मुम्बईका टिम साउदीले ३ विकेट लिएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ