arrow

गरीब देश, धनी सेना

logo
ताहा सिद्दीकु्नए,
प्रकाशित २०७६ माघ २८ मंगलबार
pakistan-flag.jpg

काठमाडौं। मार्च २३ मा सधैंझैं पाकिस्तानले आफ्नो गणतन्त्र दिवस मनाउने गरेको छ। उसले सधैंझैं यसपटक पनि जिल एन्ड फेभरको नारासहित यो दिवस मनाउँदैछ। यो क्रममा पाकिस्तानले प्रदर्शन गर्ने शक्ति सैन्य शक्ति हो। यस क्रममा उसले हवाई सेना, स्थल सेना र जलसेना सबैले एकैपटक परेड गर्नेछन्।

यस्तोमा उसको न्युक्लियर क्षमतासहितको मिसाइल प्रणालीको पनि प्रस्तुत गर्नेछ। हवाई प्रदर्शन र पेस्तोलको सलामी दिइन सक्छ। यो क्रममा उसले अन्तर्राष्ट्रिय प्रतिनिधि पनि उपस्थित हुनेछन्। यस किसिमको तामझामलाई पाकिस्तानी मिडियाले पनि राम्रो स्थान दिएर प्रसारण गर्ने गरेका छन्। सो क्रममा विभिन्न किसिमको सांस्कृतिक कार्यक्रम पनि हुने गर्छ। यो क्रममा सेनाको तर्फबाट धेरै चर्चा हुने गरेको छ। तर, सार्वजनिक रुपमा एक प्रश्न उब्जिएको छ  कि यो पाकिस्तानको लागि नभई नहुने कुरा हो ?

पाकिस्तान अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ। पछिल्लो केही महीनायता पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानको आर्थिक संकट समाधानको लागि विभिन्न किसिमका योजना पनि अघि नसारेका भने होइनन् । यसका लागि उनले विभिन्न मुलुकमा गएर आर्थिक समस्या समाधानको लागि भन्दै ऋण तथा लगानीको लागि आह्वान गरिसकेका छन्। साथै पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग पनि ऋण लिइसकेको छ। त्यसका साथै साउदी अरेबिया र चीनले पनि पाकिस्तानलाई उल्लेख्य ऋण दिएका छन्। अहिले पाकिस्तानले आईएमएफले तोकेको मापदण्ड अनुसारको आर्थिक सुधार गर्न संघर्ष गरिरहेको छ । पाकिस्तानमा आर्थिक संकट चुलिएको अवस्थामा त्यहाँको महँगी पनि उच्च बन्न पुगेको छ।

अहिले पाकिस्तानलाई केही आर्थिक संकट देखिएको भए पनि यो कुनै नौलो समस्या भने होइन। अहिले प्रकाशमा आए पनि यो समस्या पाकिस्तानमा यसअघि पनि थियो। अहिले पाकिस्तानका एक तिहाइ मानिस गरीबीको रेखामुनि छन्। साथै अहिले यो मुलुक संयुक्त राष्ट्रसंघको मानव विकास सूचकांकमा १ सय ८९ मुलुकमध्ये १ सय ५० औं स्थानमा छ। राष्ट्रिय ऋण १ खर्बभन्दा माथि छ। विदेशी विनिमय सञ्चिति भने १५ अर्ब डलरभन्दा पनि कम छ। पाकिस्तानी मुद्रामा पनि व्यापक अवमूल्यन भइरहेको छ। सन् २०१७ यता पाकिस्तानी मुद्रा करीब ३० प्रतिशतले कमजोर बनिसकेको छ।

अहिले सम्मको अवस्था हेर्ने हो भने धेरैले सबै कुरा सही नै चलिरहेको छ भन्ने स्वीकार गर्न सक्छन्।  साथै उनीहरु सबै पाकिस्तानको सेनासँग प्रभावित पनि बन्न सक्छन्। मुलुकमा विभिन्न समस्याको बीचमा पाकिस्तानी सेनाको प्रभाव पनि निकै राम्रो छ। तर, ऋण पछि पाकिस्तानी सेनाको खर्च आर्थिक संकटको कारण हो। अहिले पाकिस्तानको २० प्रतिशत बजेट सेनाको लागि खर्च हुने गरेको छ। तर, सेनाले भने अझै थप रकम माग गरिरहेको छ। पछिल्लो केही वर्षमा मात्र पाकिस्तानी सेनाको खर्च २० प्रतिशतभन्दा धेरैले बढिसकेको छ। वास्तवमा पाकिस्तानी सेनाको खर्च अझै बढी छ। तर, यस किसिमका खर्चहरु बजेटमा लुकाइन्छ। सेनाको बजेटको विषयमा न त पाकिस्तानी संसद्मा कसैले बोल्न सक्छ, न त यी तथ्यांक अडिट गर्न नै पठाइन्छ। जबकी पाकिस्तानमा केवल ५ प्रतिशतभन्दा कम रकम मात्र शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा खर्च गरिने गरिन्छ। यो क्षेत्रीय औसतको तुलनामा निकै कम हो।

अहिले पाकिस्तानी सेनाले  पाकिस्तानलाई भारतबाट बचाउने गरेको छ। उसले भारतलाई सबैभन्दा ठूलो चुनौतीको रुपमा लिएको छ। सन् १९४७ देखि नै यी दुई मुलुकको बीचमा द्वन्द्व कायमै छ। यी दुई मुलुकका सेनाले चार युद्ध लडेका छन्। जसमध्ये तीओटा युद्ध कश्मीरमा भएका थिए। यी सबै युद्ध पाकिस्तान आफैंले शुरु गरेको थियो। तर, उसले आफूले भारतको आक्रोशको मात्र उत्तर दिएको भन्दै आफ्नो बचाउ गर्दै आएको छ। 
पछिल्लो केही वर्षमा पाकिस्तानले प्रत्यक्ष युद्ध भने छाडेको छ। सायद यसबाट हुने नोक्सानीप्रति ऊ अहिले सचेत बनिसकेको छ। तर, पाकिस्तानमा रहेका चरमपन्थी संगठन भारतको लागि चिन्ताको विषय बन्ने गरेको छ। भारतसँग पाकिस्तानले पनि तिनै संगठनहरुलाई परिचालन गर्ने गरेको छ। पाकिस्तानमा निकै अनौठो प्रचलन छ। त्यहाँ सेनाले आफ्नो माग आफैंले बनाएर सरकारलाई दिने गरेको छ। अनि सरकारले त्यसलाई पूरा गर्नुपर्नेछ।

पाकिस्तानको सेनाले अहिले मुलुकको स्रोत र साधनको दुरुपयोग मात्र नभई सिंगो मुलुकलाई नै पाकिस्तान अस्तित्वमा आएको समययता आधाभन्दा लामो समय शासन गरिसकेको छ। अहिले पनि पाकिस्तानमा सेनाको प्रभुत्व पुरानै शैलीमा बढिरहेको देखिन्छ। उसले मुलुकको ५० व्यावसायिक संस्थाहरु सञ्चालन गर्छ। सेनाको व्यावसायिक क्षेत्र फौजी फाउण्डेशनको पनि पछिल्लो समय व्यापक विस्तार भइरहेको छ। 

ब्लूमवर्गका अनुसार फौजी फाउन्डेशनको सम्पत्ति सन् २०११ देखि १५ सम्मको अवधिमा ७८ प्रतिशत बढेको थियो। यसको आम्दानी अहिले १ अर्ब ५० करोड डलरभन्दा बढी हुने गरेको छ। सेनाको स्वामित्व रहेको संगठनले घरजग्गा, खाद्यान्न र आमसञ्चार उद्योगमा लगानी गरेको छ। पछिल्लो गतिविधिले इमरान खानको नेतृत्वमा पाकिस्तानमा सेनाको व्यावसाय झनै बढेको छ। खानका आलोचकले सेनाले उनको संरक्षण गरेको आरोप लगाउँदै आएका छन्। खानको जितसँगै सेनाले आफूले जे चाह्यो त्यो गर्न सक्ने अधिकार पाएको उनीहरुको भनाइ छ। यस किसिमको दाबीलाई पुष्टि गर्ने पर्याप्त आधारहरु पनि छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले अहिले पाकिस्तानी सेना अर्को आकर्षक उद्योग खानी र तेलमा लागेको समाचार प्रकाशित गरेको थियो। वार्ताको क्रममा खान सरकारले पनि सेनालाई उक्त उद्योग दिन विभिन्न किसिमको सौविध्य प्रदान गरिरहेको समाचारमा उल्लेख थियो। अहिले पाकिस्तानी सेना सन् २०१० को संवैधानिक सुधारको योजना अघि नबढाउने पक्षमा रहेको बताइएको छ। यसले स्थानीय सरकारलाई धेरै रकम खर्च गर्न पाउने अधिकार प्रदान गर्नेछ। यसले केन्द्रीय सरकारको बजेट पनि घटाउनेछ। साथै सेनालाई वितरण गरिँदै आएको बजेटमा पनि अंकुश लाग्नेछ। आसिफ अली जर्दारीको पालामा उक्त कानून रोकिँदै आएको थियो। जतिबेला परवेज मुरर्रफको छाया उनीमा देखिएको थियो । त्यसैले यो कानून अघि बढ्न सकेको थिएन।

त्यसयता अहिले पाकिस्तानमा सेनाको शक्ति बढ्दो क्रममा छ। सेना उक्त संशोधनको प्रस्तावलाई पूर्णरुपमा अन्त्य गराउने पक्षमा छ। यसले बजेटको विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। बेलाबेलामा यो संशोधनको विपक्षमा सेनाले आवाज उठाउने गरेको छ । यस किसिमको संशोधनले मुलुकको अर्थतन्त्र अझै कमजोर बन्ने भ्रम सेनाले छरिरहेको छ।

अहिलेको अवस्थामा पाकिस्तानले सेनामा भइरहेको खर्चको विषयमा महशुस गर्नु जरुरी छ। साथै अहिले सेनाको शक्तिलाई सही र सीमित बनाउन निकै कठिन छ। यस्तोमा सरकारले गणतन्त्र दिवसको सट्टामा पाकिस्तानी जनता गरीब र सेना कसरी धनी हुँदै गयो भन्ने विषयमा सोच्नु जरुरी छ।

पाकिस्तानको लागि अहिले सेनामा सुधार गर्ने सबैभन्दा राम्रो समय पनि हो। बेलायतबाट मुक्त भएको ७३ वर्षपछि अहिले पाकिस्तान सेनाको इशारामा नाचिरहेको देखिन्छ। यसले के देखिन्छ भने अझै पनि पाकिस्तानले वास्तवमा स्वतन्त्रता  शान्तिपूर्ण आर्थिक विकासको महशुस भने गर्न पाएको छैन। फोरेन पोलेसीबाट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ