arrow

ओमानसँग अमेरिकाको सहज पराजय

logo
प्रकाशित २०७६ माघ २८ मंगलबार
oman-aqib-ilyas-cricket.jpg

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत ओमानले अमेरिकालाई ९२ रनले पराजित गर्दै आफ्नो अविजित यात्रा टुङ्ग्याएको छ। ओमानले नेपालसँग २ र अमेरिकासँग २ खेल खेलेकोमा सबै खेल जितेको हो।

२ सय ७७ रन पच्छ्याएको अमेरिकाले ३९.१ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १ सय ८४ रन मात्र बनाउन सकेको थियो। अमेरिकाका बिलाल खान र अब ईल्यासले ३-३ विकेट लिएका थिए। त्यसैगरि जेसान मक्सुदले २ विकेट हात पारेका थिए।

अमेरिकाका लागि निसर्ग पटेलले ५२ रन बानएका थिए। त्यसैगरि एरोन जोन्सले आउट नभई ४७ रनको योगदान दिएका थिए। शुरुदेखि नै ओमानले अमेरिकालाई दवाबमा राखेको थियो। सटिक बलिङ गर्दै ओमानले ३ रनमा अमेराकको २ विकेट लिसकेका थिए।

मध्यक्रमका ब्याट्सम्यानले केहि सम्हाल्न खोजे पनि ७९ रनमा अमेरिकाले ५ विकेट गुमाईसकेको थियो। त्यसपछि निसर्ग पटेल र एरोन जोन्सले ७० रनको साझेदारी गर्दै अमेरिकालाई केही आशा दिलाएका थिए। निसर्ग आउट भएपछि अमेरिका सम्हालिन सकेन र १ सय ८४ रनमा समेटियो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डङ रोजेपछि ओमानले शुरुआतमा ब्याटिङ गरेको थियो ।

ओमानले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर २७६ रन बनायो । ओमानका अकिब इलियासले लगातार दोस्रो शतक प्रहार गरे । नेपालसितको खेलमा सोमबार अविजित १०९ रन बनाएका उनले अमेरिकासितको आजको खेलमा पनि १०५ रन बनाए । अकिबससँगै ब्याटिङमा आएका कप्तान जेशन मक्सुदले पनि शतक प्रहार गरे । अकिबले १२३ बल खेल्दै एक छक्का र ११ चौका प्रहार गरे । यस्तै मक्सुदले १०९ रन बनाए । उनले १०९ बल खलेर चार छक्का र १० चौका हाने । दुवै जनाले २१६ रनको साझेदारी निभाए ।

अकिब र मक्सुदको उत्कृष्ट ब्याटिङका कारण ओमानले सम्मानजनक स्कोर खडा गर्न सकेको हो । अन्य खेलमा जस्तै ओमानले सस्तैमा प्रारम्भिक ब्ययाटस्म्यान गुमाएको थियो । जतिन्दर सिंह नौ तथा खवर अलीले १० रन मात्र बनाए । ओमानले ३१ रनको स्कोर छँदा दुई विकेट गुमाएको थियो । तेस्रो र चौथो नम्बरमा ब्याटिङ गर्न आएका अकिब र मक्सुदले नै ओमानको पारी सम्हालेका थिए । यस्तै सन्दिप गौडले अविजित १३ रन बनाए ।

बलिङतर्फ अमेरिकाका कप्तान सौरभ नेत्रवाल्कर र रुस्टी थेरनले तीन तीन विकेट लिए । सौरभले १० ओभर बलिङ गर्दै तीन मेन राखी रन खर्चिएका थिए । रुस्टीले १० ओभरमा ६० रन दिएका थिए ।

खेलका प्लेयर अफ दि म्याच १०५ रन बनाएर ३ विकेट लिएका ओमानका अकिब ईल्यास घोषित भए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ