arrow

ट्राइसिरिजको अन्तिम खेलमा नेपाल र अमेरिका भिड्दै

logo
प्रकाशित २०७६ माघ २९ बुधबार
nepal-odi-cricket-team1.jpg

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत काठमाडौंमा भइरहेको ट्राइसिरिजमा बुधबार अन्तिम खेल हुँदैछ । नेपालले अन्तिम खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल बिहान ९ः३० बजे सुरु हुनेछ । जारी प्रतियोगितामा एउटा पनि खेल नजितेको अमेरिका नेपालविरुद्धको खेल जित्ने लक्ष्यमा हुनेछ । 

नेपाल भने यसअघि भएको अमेरिकाविरुद्धकै नतिजा दोहोर्याउने पक्षमा हुनेछ । 

नेपाललाई अगाडि बढ्नका लागि पनि यो जित महत्वपूर्ण रहेको छ । नेपालले शनिबार भएको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै पहिलो जीत दर्ता गरेको थियो ।

अमेरिकाविरुद्धको उक्त खेलमा बाहेक नेपाल ओमानसंग दुवै खेल हारेको थियो । 

ट्राइसिरिज जित्दै ओमानले क्लिनस्वीप गरेको छ । ओमान ७ देश सहभागी डिभिजन–२ को शीर्ष स्थानमा छ । ओमानको १६ अंक रहेको छ । अमेरिका १२ अंकसहित दोस्रो स्थानमा छ । 

नेपाल भने २ अंकबाट छैटौं स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ