arrow

केसव स्थापितको ठाउँमा रामेश्वर फुयाँल, पहिलो पटक मन्त्रीको कुर्सीमा  

logo
प्रकाशित २०७६ माघ २९ बुधबार
rameshor-phuyal.jpg

काठमाडौं । वाग्मती प्रदेशकोे भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त भएका छन् ।

उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेको र बुधबार शपथग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ  ।

यसअघि संविधानसभा सदस्यसमेत रहेका फुयाँल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बन्न लागेका हुन् । 

तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले वर्खास्त गरेपछि रिक्त रहेको मन्त्रालयको काम मुख्यमन्त्री पौडेल आफैँले सम्हाल्दै आएका थिए ।

वाग्मती प्रदेशको स्थायी राजधानी र नामाकरणपछि फुयाँल मन्त्री बन्ने चर्चा निकै चलेको थियो ।

वाग्मती प्रदेशका नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रमुख सचेतक रहेका फुयाँल गाविस अध्यक्ष, जिल्ला विकास समितिको उपसभापति, संधिानसभा सदस्य, प्रदेशसभा सदस्य हुँदै मन्त्री बन्न लागेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ