arrow

एक सय १३ का वतनाबे र एक सय १७ की तनाका   

logo
प्रकाशित २०७६ माघ २९ बुधबार
aged.jpg

काठमाडौं । जापानका चितेत्सु वतनाबे विश्वकै सबैभन्दा वृद्ध जीवित पुरुष बनेका छन् । १२ फेब्रुअरी २०२० बुधबार वतनाबेको उमेर ११२ वर्ष ३४४ दिन रहेको छ । 

उनको जन्म ५ मार्च १९०७ मा निगातामा भएको थियो । सबैभन्दा वृद्धको प्रमाणपत्र गिनिज वल्र्ड रेकर्डस्ले उनलाई घरमै गएर दिएको हो । 

उनी आठ सन्तानका पिता हुन् । उनी उखु खेती गर्दथे । परिवारका सदस्यहरुका अनुसार उनी कहिल्यै निराश भएनन् । कहिल्यै रिसाएनन् । कहिल्यै चिच्याएर बोलेनन् । 

उनी सधै मुस्कुराउँथे । यही बताइन्छ कि कृषि विषयमा स्नातक गरेपछि उनी ताइवान गएर उखु बगानमा काम गर्न थाले । 

बच्चा र पत्नीसंग १८ वर्ष रहेपछि उनी दोस्रो विश्वयुद्धमा सेनामा काम गरे । 

त्यसपछि उनी निगाता फर्केर सरकारी अफिसमा रिटयरमेन्ट लिने बेलासम्म काम गरे । 

यो क्रममा उनले फार्ममा तरकारी तथा फलफूल पनि लगाउँथे । 

वतनाबे भन्द्या अगाडि जापानका मासाजो नोनाका वृद्ध थिए । उनी सन् २०१३ को १२ जुनमा ११३ वर्ष ५४ दिनमा मृत्यु भको थियो । 

विश्वकै सबैभन्दा वृद्धा महिला जापानकै केन तनाका हुन् । उनको उमेर ११७ वर्षको छ । गत ५ जनवरीमा उनले आफ्नो ११७ औं जन्मदिन मनाएकी थिइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ