arrow

गरिबी निवारण कोषका कर्मचारीले गरे दिवाभोज

logo
प्रकाशित २०७३ वैशाख ७ मंगलबार
poverty-alleviation-fund.jpg.jpeg
काठमाडौ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आईतबार भ्रष्टाचारको आरोपमा ३६ जना विरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेपछि गरिबी निवारण कोषका कर्मचारीहरू भने दिवाभोजमा संलग्न भएका छन्।
 
कोषका एक कर्मचारीले दिएको गोप्य जानकारीका अनुसार सोमबार काठमाडौंको सोल्टीमोडमा रहेको एक रेष्टुरेन्टमा अख्तियारको कारबाहीमा परेका विपक्षीहरु दिवाभोजमा संलग्न रहेका हुन्। ती कर्मचारीहरु कार्यालय समय सकिनुभन्दा केही समय अगाडि आधा दर्जनको संख्या रेष्टुरेन्टमा पुगेका थिए। 
 
कार्यप्रवन्धकको रूपमा जिल्ला पठाउने विषयमा निर्णय भएपछि लामो समयदेखि गरिबी निवारण कोषका कर्मचारीहरूबीच को कुन जिल्लामा जाने र कसले कुन काम गर्ने भन्ने विषयमा चर्को मतभेद बढ्दै गएको थियो। 
 
सोही मतभेदका कारणले गर्दा अख्तियारले पटकपटक गरिबी निवारणकोषका कागजातहरू नियन्त्रणमा लिएर छानविन गर्दै आएको थिए। यस अधि २०७१ साल फाल्गुन २७ गते अख्तियारले भ्रष्टाचारको आरोपमा तीन करोड भन्दा बढी विगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ। अहिले ३६ कर्मचारी विरूद्ध अख्तियारले दायर गरेको दोस्रो मुद्दा हो।
 
अख्तियारले मुद्दा दायर गरेपछि अख्तियारको कदमको विषयमा गरिबी निवारण कोषका कर्मचारीहरूबीच नै ध्रुवीकरण भएको छ। लामो समयदेखि अनुसन्धानरत रहेको सो विषयमा अख्तियारले आईतबार सार्वजनिक गरेपछि कोही कर्मचारी उत्साहित छन भने कोही निराश छन्।आपसी मतभेदका कारण आफ्नै कर्मचारीहरूबीच विवादले अख्तियारमा मुद्धा दायर गर्ने क्रम बढ्दै गएको थियो। 
 
कोषमा अख्तियारले समेत भ्रष्टाचार भएको दाबी गर्दै मुद्दा दायर गरेको कार्यालयका कर्मचारीहरू मध्ये मुद्दा परेका कर्मचारीमा रूवाबासी छाएको हो भने ती कर्मचारीको विपक्षमा रहेका कर्मचारीहरूमा भने खुसी छाएको कोषका ती कर्मचारीले जानकारी दिए। 
 
उक्त कर्मचारीका अनुसार अख्तियारले ती नामहरू सार्वजनिक गरेपछि ‘आफ्नो विजय भएको’ भन्दै कोषका केही कर्मचारीहरू सोमबार एकठाउँमा भेला भएर खुशी साटासाट गरेको बुझिएको छ। 
 
कोषमा कार्यप्रबन्धको विषयमा पहिलेदेखि नै विवाद बढ्दै आईरहेको छ। केही कर्मचारीहरू कार्यक्षेत्रमा जान भन्दा पनि कार्यालयमा नै बसेर काम गर्न चाहने भएकोले ती कर्मचारीहरूबीच पहिलेदेखि नै एक आपसमा मनमुटाव हुँदै आएको हो। अख्तियारले मुद्दा चलाएका मध्ये रमेश लामाले एउटा धाराको नेतृत्व गरिरहेका छन् भने उनका विपक्षीहरू खुसीयाली मनाइ रहेका छन्। 
 
यसरी अख्तियारले सार्वजनिक गरेका ३६ जना मध्ये पाँच जना कर्मचारीलाई यस भन्दा अगाडि नै पनि अख्तियारले मुद्दा दायर गरिसकेको थियो भने गरिबी निवारण कोषमा अद्यापी कार्यरत रहेको मध्ये भने सात जना कर्मचारी विरूद्ध मात्रै मुदा दायर भएको कोषले जनाएको छ।
 
वि. सं. २०६० सालमा गरिबी ‘निवारण कोष कार्यविधि मार्फत् स्थापना भएको हो। सो परियोजना २०७४ सालसम्मको लागि विश्वबैंक तथा सरकारी कोषबाट सञ्चालन भइरहेको छ। कोषका कर्मचारीहरूलाई स्थापना देखिको झण्डै १३ वर्षे अवधिमा दुईपटक भ्रष्टाचारको आरोपमा अख्तियारले मुद्दा दायर गरिसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ