arrow

मौसममा उतारचढाव

logo
प्रकाशित २०७६ फागुन २ शुक्रबार
weather.jpg

काठमाडौं । काठमाडौं उपत्यका लगायत तराई भेगमा शुक्रबार बिहान हुस्सु र कुहिरो लागिरहेको छ । यो क्रम बिस्तारै घट्दै जाने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु वासीले बताइन् । 

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ्र देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । त्यस्तै राति पनि पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। 

मौसमविद् वासीले शुक्रबार र शनिबार वर्षा हुने सम्भावना नरहे पनि आइतबार केही स्थानमा वर्षा हुन सक्ने बताइन् ।  
 
यस्तो छ शनिबार र आइतबारको पूर्वानुमान
फागुन ३ गते शनिबार

दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । 

फागुन ४ गते आईतबार

दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। केही स्थानमा वर्षा पनि हुन सक्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ