arrow

कोरोनाले लियो १४ सय ९१ को ज्यान, ६३ हजार ८३७ संक्रमित

logo
प्रकाशित २०७६ फागुन २ शुक्रबार
corona-patien1.jpg

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसले हालसम्म १ हजार ४९१ जनाको ज्यान लिएको छ । ६३ हजार ८३७ जना संक्रमित रहेका छन् । चीन भन्दा बाहिर सिंगापुरमा ५८ जना संक्रमित भएका छन् । 

चीन बाहिर जापान, हङकङ र फिलिपिन्समा एक जनाको मृत्यु भएको छ । जापानमा एक जापानीको र बाँकी देशमा चिनियाँकै मृत्यु भएको हो । 

बिहीबार ११६ जनाको मृत्यु भएको छ । नयाँ ४ हजार ८२३ बिरामी फेला परेका छन् । 

जापानमा समेत एक जनाको मृत्यु भएको छ भने ४४ नयाँ बिरामी थपिएका छन् । 

चीन बाहिर ४४७ संक्रमित रहेको पनि बताइएको छ । 

कोरोना नियन्त्रणमा नआएपछि चीन सरकारले हुेबेई प्रान्तका उच्च अधिकारीहरुलाई बर्खास्त नै गरेको छ । 

कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि उच्च सरकारी अधिकारीहरुलाई पदमुक्त गरेको हो । 

भाइरस नियन्त्रण गर्न नसकेको भन्दै चीनले अमेरिकी तथा युरोपेली देशबाट आरोप खेपिरहँदा चीन सरकार पनि कठोर बनेको हो । उक्त क्रममा चीन सरकारले सबैभन्दा बढी प्रभावित हुबेई प्रान्तका शीर्ष राजनीतिक नेतृत्वलाई जिम्मेवारीमुक्त बनाएको हो ।

नेपालमा एक जनामा संक्रमण देखिएको छ । केही निगरानीमा छन् । चीनबाट नेपाली विद्यार्थीलाई शनिबारमात्र ल्याइने भएको छ । 

उनीहरुलाई खरिपार्टीमा क्वारेन्टाइनमा राखिने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ