arrow

चन्दननाथ नगरपालिकामा विवाद, गरिमा बढाउन प्रमुख सेजुवालको आग्रह 

logo
हंशराज न्यौपाने, 
प्रकाशित २०७६ फागुन २ शुक्रबार
chandannath-nagarpalika-may.jpg

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकामा विवाद आएको छ । उप्रमुख अप्सरादेवी न्यौपानेले प्रेस विज्ञप्ति जारी गरी उठाएका प्रश्नबारे प्रमुख कान्तिका सेजुवालले स्पष्ट पार्ने क्रममा अर्को विज्ञप्ति जारी गरेकी छिन् । 

उनले भनेकी छिन्, ‘प्रेस विज्ञप्तिमार्फत लगाएका आरोपहरु कपोलकल्पित, भ्रामक र तथ्यहिन छन् । यस विषयमा थप जानकारी आवश्यक भएमा कार्यालयबाट प्राप्त गर्न सक्नु हुनेछ ।’

उपप्रमुख अप्सरादेवी न्यौपानेको व्यवहारले संगठनमा कार्यरत कर्मचारीहरुको मनोबल घट्न गई उपलब्धि हासिल गर्न कठिन हुन गएको भन्दै कार्यलयमा कार्य वातावरण नभई प्रमुख प्रशासकीय अधिकृतहरु बस्न नसकिरहेको अवस्था आएको पनि प्रमुख सेजुवालले भनिन् । 

सेजुवालले समग्र रुपमा संगठनको छवि नै गिरेको महसुस भई संगठन प्रतिको नागरिक विश्वास गुम्न जाने डर भएको हुँदा यस नगका नगरवासी, वुद्धिजीवी लगायतलाई सहयोगको हार्दिक अपिल गरेकी छिन् । 
यस्तो छ प्रमुखले जारी गरेको विज्ञप्ति–                                                                                                                                    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ