arrow

गैडाको आक्रमणमा परे ७५ वर्षीय वृद्ध

logo
सन्जय भट्टराई,
प्रकाशित २०७६ फागुन २ शुक्रबार
rhino-nawalparasi.jpg

नवलपुर । चितवन राष्ट्रिय निकुन्ज बाट निस्किएको  एक सिङ्गें गैडाले हानेर पुर्वी नवलपरासीमा एक जना वृद्ध गम्भीर घाइते भएका छ्न ।

कावासोती -१५ गोडांर आवासमा करिब ११ बजेको समयमा आफ्नै घरको आगनमा बसिरहेका ७५ वर्षीय गोपाल परियार गम्भीर घाइते भएका गुन्द्रही ढकाहा सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोले बताए ।

शुक्रबार बिहान करिब ३ बजेको समयबाट निस्किएका ३ वटा गैडांले आतंक मच्चाएपछि स्थानीय त्रसित बनेका थिए ।  घाइते परियारलाई मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा सामन्य उपचारपछि थप उपचारको लागि भरतपुर पठाईएको नवलपुर प्रहरीले बताएको छ ।

निकुञ्जबाट निस्किएका गैडालाई खोजी गरि जंगल तर्फ फर्काउने प्रयासमा जुटेको अध्यक्ष महतोले बताए । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जबाट निस्क्ने गैडां लगाएत वन्यजन्तुले मानव बस्तीमा प्रवेश गरि आतंक मच्चाउने क्रम बढे पछि स्थानीय त्रसित बनेका छ्न ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ