arrow

'अबिश्वासको प्रस्ताब खेपिरहेको निलम्बित अध्यक्षले संस्थाको नाममा पत्रकार सम्मेलन गर्न पाईन्छ?'

logo
प्रकाशित २०७६ फागुन २ शुक्रबार
yokkha.jpg

बेलायत । किरात राई यायोक्खा बेलायतमा अन्तर संर्घष चर्किएको छ । किरात राई अन्तर्राष्ट्रिय सम्मेलन तयारीको पूर्व सन्ध्यामा संस्थाको आन्तरिक अभ्यास र गतिविधि सन्तोषजनक नपाइएको एक पक्षको दावी छ ।

अध्यक्ष कल्पना राइले  मिटिङ्ग र कार्य समितिको सल्लाह विनानै मनोमानी ढंगले एकलौटी निर्णय गर्न थालेपछि संस्था भित्र विवाद चुलिएको हो ।

अध्यक्षलाई  विधान र संस्थागत प्रक्रिया भित्र आउन बहुमत कार्य समिति सदस्यले १० बुंदे ध्यानाकर्षण पत्र पनि बुझाएका थिए। तर अध्यक्षले सबैलाई समेटेर लैजानुको साटो बदला र गुट उपगुट निर्माण गर्न थालेपछि किरात राई यायोक्खा बेलायतको केन्द्रिय समितिको १ तिहाई बहुमतले सातौ अधिवेशनबाट निर्वाचित कल्पना राईलाई ३ महिना संस्थाको कुनै गतिविधि गर्न नपाउने भन्दै निलम्बन गरेको पत्र संस्थाका वरिष्ठ उपाध्यक्ष चन्द्रबहादुर राईलाई र केन्द्रलाई वोधार्थ: गराएको थियो । 

विधानमा अध्यक्षको कार्यशैली चित्त नबुझेमा १ तिहाई बहुमतले अविश्वासको प्रस्ताव लैजान सक्ने प्रावधान रहेको छ ।

किरात राई यायोक्खा बेलायतको २०१८ , सेप्टेम्बरमा भएको  सातौँ अधिवेशनले कल्पना राईको अध्यक्षतामा ४६ सदस्यीय कार्यसमिति निर्माण गरेको थियो ।

तेश्रो अन्तर्राष्ट्रीय सम्मेलन भब्य र सभ्य बनाउँन सबै पक्ष मिलेर जानुको विकल्प छैन । निलम्वित अध्यक्ष कल्पना राईको पुर्नगमन हुने अवसर मार्चको ७ मा ३ महिना पुग्छ । 

तेश्रो अन्तर्राष्ट्रीय सम्मेलन र उहाँको निलम्वन एजेण्डामा छलफल र वार्ता गर्न बोलाइएको मुल कार्यसमितिको आग्रहलाई नर्कादै उल्टै नियम र विधान विपरित डमी कार्य समिति निर्माण गरी पत्रकार सम्मेलन गरेर संस्था र मुल कार्य समितिकै उपहास गरेको मुल समितिको ठहर छ ।

सिक्किमका भूतपूर्व मुख्यमंत्री पवन चाम्लिङ्गको प्रमुख आतिथ्यमा हुन लागेको तेश्रो सम्लेनको आन्तरिक आवश्यक तयारीका बारेमा संस्थाले आफ्नो औपचारिक धारणा छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ ।

छलफल, सम्वाद र सहमतिबाटै समस्याको समाधान खोज्न सकिने भन्दै संस्थाको मर्यादा र विधान विपरित उत्तेजित नहुन भन्दै मुल समितिले सम्बन्धित पक्षलाई  ध्यानाकर्षण गराएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ