arrow

राष्ट्रिय महिला फुटबल लिग सुरु, मध्यपश्चिमको पोष्टमा पुलिसको १३ गोल

logo
प्रकाशित २०७३ वैशाख ७ मंगलबार
WomenLeague-n.jpg.jpeg
काठमाडौं । राष्ट्रिय महिला फुटबल लिग सुरु भएको छ । सातदोबाटोस्थित एन्फा टेक्निकल मैदानमा मंगलबारबाट सुरु भएको राष्ट्रिय महिला फुटबल लिगको पहिलो खेलमा नेपाल महिला पुलिसले मध्यपश्चिमाञ्चलविरुद्ध गोल वर्षा गरेको छ । मध्यपश्चिमको पोष्टमा पुलिसले १३ गरेको हो । मध्यपश्चिमले भने गोल फर्काउन सकेन ।   
 
पुलिसका लागि नवौैं मिनेटमा निरु थापाले गोल गर्दै पुलिसलाई अग्रता दिलाइन् । उनले २४औं मिनेटमा आफ्नो ह्याट्रिक पुरा गरेको थिइन् । पुलिसका लागि अर्की फरवार्ड निशा सुनारले मध्य पश्चिमाञ्चलविरुद्ध गोल गरिन् । पुलिस सामु निरिह देखिएको मध्य पश्चिमाञ्चलको रक्षापंक्ती अधिकांश समय बल खोस्न नै वित्यो ।
 
भूकम्पले क्षति पुगेपछि त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेल हुन सकेन । राष्ट्रिय महिला फुटबल लिग एन्फा खेल मैदानमा भइरहेको छ । यसअघि, गएको सिजन राष्ट्रिय लिग फुटबलको अन्तिम चरणका खेलहरु समेत एन्फा मैदानमै भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ