arrow

कोरली बाछीले बाल्टीभरी दूध दिएपछि...

logo
प्रकाशित २०७६ फागुन ४ आइतबार
korali.jpg

मोरङ । मोरङका एक किसानले पालेको कोरली बाछीले दूध दिन थालेको छ । नब्याई दूध दिन थालेको सो बाछीले बिहान बेलुकी गरेर ५ लिटर दूध दिंदै आएको छ । मोरङ उर्लाबारी–८ राजघाटका किसान देवीप्रसाद लामिछानेले पालेको बाछीले नब्याई दूध दिन थालेको हो । ४ बर्ष उमेरको सो बाछीले साढे २ बर्ष अघिबाट नै नियमित दूध दिदै आएको छ ।

आफैले पालेको होलस्टेन जातको गाईबाट ब्याएको सो बाछीले बिहानबेलुकी गरेर नियमित ५ लिटर दूध दिंदै आएको छ । होलस्टेनको बिउबाट लोकल गाईसंग क्रस गराएर नश्ल सुधारगरि जन्मिएको सो बाछी ८ महिनाकै उमेरमा अस्वाभाविक गतिविधि देखाउन थालेको गाई पालक किसान देवीप्रसाद लामिछानेले जानकारी दिए ।

उनले सानै उमेरमा बाछी कराउन थालेपछि आफुले पशु चिकित्सकलाई बोलाउदा गर्भधारण गराउने उमेर नपुगेको चिकित्सकले सल्लाह दिएको लामिछानेले जानकारी दिए । त्यसको केहि समयपछि गाई सिकिस्त विरामी परेको र सो समयमा उपचार गराउदा केहि औषधिहरु खुवाएको लामिछानेले बताए । औषधि खुवाएको केहिदिन पछि बाछी दूध दिने लक्षण देखिन थालेको ७९ बर्षिय किसान लामिछानेको भनाई छ । गोठमा रहेको माउ गाईसंगै कोरली बाछीले समेत नियमित दूध दिन थालेपछि घरमा हुने खपत भन्दा बढी भएको दूध लामिछाने परिवारले छरछिमेकमा बिक्री गर्दै आएका छन ।

शुरुशुरुमा कोरली बाछीले दूध दिन थालेको थाहा पाएका छरछिमेकले अचम्म मानेको देवीप्रसादकी श्रीमति नरमाया लामिछानेले बताईन । गाई विरामी हुँदा जुकाको औषधि खुवाएको र त्यसको केहिदिन पछि बाछीले दूध दिने लक्षण देखिन थालेको उनले जानकारी दिए । गाई र बाछीको उपचार गर्दै आएका उर्लाबारीका चिकित्सले बाछी दुहन सल्लाह दिएयता नियमितरुपले दुहुंदै आएको नरमायाको भनाई छ ।

कोरली बाछीले दूध दिइरहेको थाहा पाएका केहि ब्यक्ती घरमै आएर बाछी किन्न मागेको नरमायाले बताए । प्रकृतिमा अचम्मकारुपमा हेरिने यसप्रकारका अनेकौ घटनाहरु हुने गरेको छ ।  हार्मोनको गडबडीका कारण सो गाईले दूध दिएको हुनसक्ने जानकार बताउँछन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ