arrow

सोमबार ललितपुरका २९ वटै वडामा शोक बिदा

logo
प्रकाशित २०७६ फागुन ४ आइतबार
Press-r_202002161311181.jpg

काठमाडौं । ललितपुर महानगरपालिकाले सोमबार शोक बिदा दिने भएको छ । ललितपुर महानगरपालिकामा लामो समयसम्म नेतृत्व गरी उल्लेखनीय योगदान गरेका पूर्व प्रमुख बेखारत्न शाक्यको शोकमा महानगरपालिकाले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पूर्व प्रमुख बेखारत्न शाक्यको आइतबार निधन भएको थियो। नेपाली कांग्रेसका नेता समेत रहेका पूर्व प्रमुख  शाक्यको ८८ वर्षको उमेरमा निधन भएको थियो । शाक्य लामो समयदेखि बिरामी थिए । २०४७ सालको राजनितिक परिवर्तनपछि  शाक्य २०४९ सालमा ललितपुर उपनगरपालिकाको पहिले मेयर बनेका थिए। शाक्यका दुई छोरी, एक छोरा र श्रीमती छन्।

सोमबार शोकका लागि ललितपुर महानगरपालिका कार्यालय र अन्तर्गतका १ देखी २९ वटै वडा कार्यालयहरुमा सार्वजनिक विदा दिईएको नि प्रमुख प्रशासकीय अधिकृत महेन्द्र बहादुर क्षेत्री जारी विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ