arrow

राईनो संरक्षण गोल्डकप पाँचौ संस्करण शुरु

logo
सन्जय भट्टराई,
प्रकाशित २०७६ फागुन ५ सोमबार
rhino-goldcup.jpg

नवलपुर। मोफसलकै चर्चित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको पाँचौ संस्करण आक बाट शुरु हुदैछ। राईनो क्ल्बको आयोजना एवं नन्दभाउजु उपभोक्ता समितीको संरक्षणत्वमा पुर्वी नवलपरासीको मध्यविन्दु-२ स्थित राईनो मैदानमा सुरु हुने प्रतियोगिताको उदघाटन खेलमा हिमालयन शेर्पा र बिरगंज युथ एकेडेमी खेल्ने नन्दभाउजू उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले बताए।

खेलमा विभागीय टिमहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, आयोजक नवलपुर जिल्ला सहित ‘ए’ डिभिजनका फुटबल क्लबहरु गरी १२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ।

विश्वकै दुर्लभ एकसिंगे गैडा संरक्षणका लागि सचेतना फैलाउने उद्देश्यले नवलपुरमा विगत १० बर्षदेखि आयोजना  गरिदै आएको प्रतियोगिताको पाचौं संस्करणको उदघाटन  मध्यविन्दु नगरपालिकाका नगरप्रमुख चन्द्रबहादुर रानाले गर्ने अध्यक्ष भण्डारीले बताए।

यस अघिका वर्षहरुमा नन्दभाउजु उपभोक्ता समितिको आयोजनामा हुँदै आएको प्रतियोगिता यस वर्ष देखि राईनो क्लबको आयोजना र नन्दभाउजु उपभोक्ता समितिको संरक्षकत्व हुने जनाईएको छ। प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख र शिल्ड तथा ट्रफी पुरस्कार पाउनेछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ