arrow

आमा-बच्चाको मृत्युपछि रंगेली अस्पताल तनावग्रस्त

logo
किरण न्यौपान,
प्रकाशित २०७६ फागुन ५ सोमबार
rangeli-hospital.jpg

रंगेली। प्रसुति गराउन आएकी महिला र बच्चाको मृत्यु भएपछि सोमबार दिनभर रंगेली अस्पताल तनावग्रस्त बनेको छ। रंगेली नगरपालिका ९ दोहमनाकी २५ वर्षिया रविना सरदारको प्रसुति गराउने क्रममा बच्चाको र उपचारका क्रममा आमाको समेत मृत्यु भएपछि रंगेली अस्पताल दिनभर तनावग्रस्त बनेको हो।

मृतकका आफन्तजनहरुले डाक्टरको लापरवाहीका कारण आमा-बच्चाको मृत्यु भएको आरोप लगाउदै उपचारमा संगलग्नहरु माथि कार्वार्हीको माग गरेको छन्। सोमबार विहानै ६ बजे व्यथा लागेपछि प्रसुति गराउनका लागी सरदार रंगेली अस्पताल भर्ना भएकी थिइन। करिव पौने १२ बजे बच्चा जन्माउने क्रममा मृत बच्चा जन्मीएपछि आमाको स्वास्थ्य अवस्था थप गम्भीर हुदा समेत डाक्टरको लापरवाहीले आमा समेत मृत्युभएको आफन्तले बताएका छन्।

मृतक सरदारकी ठुलोबुबा रामनारायण सरदारले अस्पतालले समयमै रेर्फर नगरेको र पछि ढिलो गरी रेर्फर गर्दा एम्बुलेन्स लिएर विरामीलाई विराटनगर लैजान खोज्दा पुनः विरामीलाई नदिइ प्रसुति गराउदा बच्चा र आमा दुबैको मृत्युभएको बताए। यता रंगेली अस्पतालका निमित्त मेसु अशोक ठाकुरले सरदार प्रसुति गराउन आउदा शुरुमा ठिकै रहेको र करिव १० बजेको समय ब्लड प्रेसर एक्कासी कमि भई आमा अचेत हुन पुगेपछि प्रेसर ठिक गरेर रेर्फर गर्ने क्रममा आमाको पाठेघरको मुख खुलेर बच्चा हुने अवस्था भएपछि पुन प्रसुती गराउदा आमा र बच्चाको साल छुट्टीने बेलामा एम्योलिक फुयुड इन्बोलिजमका कारण आमालाई समेत असर भएको हुनसक्ने बताए।

उनले बच्चा जन्मदा घड्कन नभएपछि करिव ४५ मिनेट सिपिआरमा राखेर उपचार गराउदा समेत बच्चा नफकिएको जानकारी दिए। घटना पश्यात अस्पतालमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ। सोमबार अबेरसम्म मृतकका आफन्तहरुले आमा र बच्चाको शव बुझेका छैन्न। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ