arrow

चेल्सीलाई उसकै भूमिमा हरायो म्यान्चेष्टर युनाइटेडले 

logo
प्रकाशित २०७६ फागुन ६ मंगलबार
1581982446chelsea_united.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा चेल्सी घरेलु मैदानमै पराजित भएको छ । चेल्सीलाई म्यान्चेष्टर युनाईटेडले हराएको हो ।

सोमबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी युनाईटेडसंग २–० गोल अन्तरले परजित भएको हो ।

युनाईटेडको जितमा आरोन वान बिसाकाको क्रसलाई सदुपयोग गर्दै एन्थोनी मार्टियलले पहिलो हाफको अन्तिम मिनेटमा युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

६६ औ मिनेटमा ब्रुनो फर्नान्डेसको कर्नरमा  ह्यारी मागुईरीले हेडमार्फत युनाईटेडको अग्रतालाई दोब्बर बनाएका थिए ।

घरेलु टोली चेल्सीको दुई गोललाई मान्यता दिन रेफ्रीले अस्विकार गरे । बैकल्पिक खेलाडीको रुपमा कार्ट जुमाको बराबरी गोल तथा ओलिभर जिराउडले ७६ औ मिनेटमा गरेको हेडर गोललाई रेफ्रीले भीएआर मार्फत मान्यता दिन अस्विकार गरेका थिए ।

यो हारपछि चेल्सीको उपाधिको अंक गणितीय हिसाब पनि लगभग सकिएको छ । चेल्सी २६ खेलबाट ४१ अंकसहित चौथो स्थानमा छ ।

शीर्ष स्थानको लिभरपुलको ७६, दोस्रो म्यान्चेष्टर सिटीको ५१ र तेस्रो लेष्टर सिटीको ५० अंक छ । 

म्यान्चेष्टर युनाईटेड ३८ अंकसहित सातौं स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ