arrow

विनोद चौधरी विश्वभर व्यापार फैलाउँदै, युरोपको ‘मोल्डसेल’ टेलिकम किन्ने सम्झौता 

logo
प्रकाशित २०७६ फागुन ६ मंगलबार
moldcell-teleocm.jpg

काठमाडौं । नेपालका एकमात्र खर्बपति विनोद चौधरीले विश्वभर व्यापार थप विस्तार गर्दै लगेका छन् । उक्त क्रममा उनी टेलिकम बिस्तारको बिजेनेशमा पनि थप सक्रिय देखिएका छन् ।

उनको शतप्रतिशत स्वामित्व रहेको सिजी सेल टेक्नोलोजीले युरोपको ‘मोल्डसेल’ टेलिकम किन्ने सम्झौता गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टेलिकम लिडका अनुसार सिजी क्रोप ग्लोबल अन्तगर्तको सिजी सेल टेक्नोलोजीले स्वीडेनको टेलियाको स्वामित्वमा रहेको वायरलेस अपरेटर मोल्डसेलको शतप्रतिशत सेयर स्वामित्व ३ करोड १५ लाख डलर अर्थात् साढे ३ अर्ब नेपाली रुपैयाँमा किन्ने सम्झौता गरेको हो ।

गत शुक्रबार फेब्रुअरी १४ तारिखमा भएको किनबेच सम्झौता अनुसार आगामी दुई महिनाभित्र किनबेच सम्पन्न हुनेछ । 

युरेसियाको उक्त कम्पनीका करिब ९ लाख उपभोक्ता रहेको बताइएको छ । 

टेलिया स्वीडेनका निमित्त अध्यक्ष तथा सीइओ क्रिस्टियन लुइगाले विज्ञप्ती जारी गर्दै सिजी टेलिकमलाई सेयर बिक्री गरेर युरेसियाबाट बाहिरिने आफूहरुको यात्रा सहज भएको भन्दै खुशी व्यक्त गरेका छन् । ३ वर्षअघिदेखि टेलिया युरेसियाबाट बाहिरिँदै गएको छ ।

ओली सरकारले गर्यो राजनीति
केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले भने वरिष्ठ उद्योगपति विनोद चौधरीमाथि वैरभाव राखेको छ । 

नेपालमा पनि टेलिकम बिजनेश गर्नका लागि मन्त्रिपरिषदबाट निर्णय गराएर लाइसेन्स लिने प्रक्रियामा रहेका बेलामा सिजी टेलिकमको यात्रालाई अप्ठेरो पार्ने काम ओली सरकारले गरेको छ । 

सरकारका प्रवक्ता संचारमन्त्री गोकुल बास्कोटाले २० अर्ब रुपैयाँ बुझाएमात्रै लाइसेन्स दिने बताएर अतिवाद झल्काएका हुन् । 

यसअघि दुरसञ्चार प्राधिकरणले पनि सिजी टेलिकमले पाएको अनुमतिपत्र खारेज गरिदिएको थियो । 
भ्वाइस निशुल्क र डाटामा ५० प्रतिशत छुट दिने घोषणाले सरकार आत्तियो : सिजी टेलिकम

लघुताभाष त्याग्न विनोद चौधरीको आग्रह, सीजी टेलिकमबारे खोले रहस्य



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ