arrow

ट्रक र टिपर जुध्दा अवरुद्ध सडक तीन घण्टापछि सञ्चालनमा

logo
प्रकाशित २०७६ फागुन ६ मंगलबार
accident-final.jpeg

मुग्लिन । सवारी दुर्घटनाका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

मंगलबार बिहान ४ः३० बजे चितवनको इच्छाकमना गाउँपालिका–६ जलवीरेमा मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ४०३ नंको डिब्बा ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना८ख ६९८० नंको गिट्टी बोकेको टिपर एकापसमा ठोक्किएका थिए । 

दुर्घटनामा परेका सवारी साधन सडकमै तेर्सिएपछि सडक अवरुद्ध भएको थियो । क्रेनको सहायताबाट हटाएपछि बिहान ७ः१५ बजेबाट सडक खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा ट्रकका चालक सामान्य घाइते भएका थिए । घाइते चालकलाई उपचारका लागि काठमाडौँ लगिएको छ भने टिपर चालक प्रहरीको नियन्त्रणमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ