arrow

कोरोनाले आईफोन आपूर्तिमा समस्या, एपल चिन्तित

logo
प्रकाशित २०७६ फागुन ७ बुधबार
iphone-xr.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण आईफोनको आपूर्तिमा समेत समस्या आएको छ । अमेरिकामा मुख्यालय भएको एपल कम्पनीले कोरोनाकै कारण आफ्नो पूर्वानुमान आय घट्न सक्ने भन्दै चिन्ता समेत जनाएको छ ।

कोरोना भाइरस महामारीका कारण आफ्नो अर्थव्यवस्थामा असर पुगेको बताउने एपल पहिलो महत्वपूर्ण अमेरिकी कम्पनी हो । 

यो वर्षको पहिलो त्रैमासिकमा सर्वाधिक ६७ अर्ब अमेरिकी डलर आय हुने एपलको पूर्वानुमान थियो । 

तर उसले आफ्नो आय कति प्रभावित भएको छ भन्ने विवरण भने दिएको छैन ।

विश्लेषकहरूका अनुसार नयाँ कोरोनाभाइरसको संक्रमण फैलिएकाले चीनमा यो त्रैमासिकमा स्मार्टफोनको माग घट्न सक्ने दावी समेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ