arrow

च्याम्पियन्स लिगमा एटलान्टा र लेप्जिगले जित्दा गुल्टियो टोटनह्याम 

logo
प्रकाशित २०७६ फागुन ८ बिहिबार
lepliz.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब आरबी लेप्जिग र इटालियन क्लब एटलान्टा विजयी भएका छन् । 

लेप्जिगले ठूलो सफलता हासिल गर्ने क्रममा इंगलिश क्लबटोटनह्याम हट्सपरलाई हराएको हो । 

बुधबार राति १६ को पहिलो लेगको खेलमा टोटनह्यामलाई लेप्जिगले १–० गोल अन्तरले अप्रत्याशित तरिकाले हराएको हो । 

खेलको ५८ औं मिनेटमा टिमो वार्नरले पेनाल्टीमा गरेको गोल लेप्जिगलाई जित्न पर्याप्त बन्यो । अर्को लेगको खेल लेप्जिगको मैदानमा हुनेछ । 

कप्तान ह्यारी केन र सन ह्युङ मिनलाई चोटका कारण गुमाएको टोटनह्यामले घरेलु मैदानमै पहिलो लेगको खेलमा पराजित भएपछि अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेको छ ।

अर्को खेलमा एटलान्टाले स्पेनिश क्लब भ्यालेन्सियालाई हरायो । घरेलु मैदानमा खेलेको एटलान्टाले खेल ४–१ गोल अन्तरले जितेको हो । हान्स हेटबोअरले २ गोल गरे । जोसिप इलिसिस र रेमो फ्रेउलेरले १–१ गोल गरे । 

डेनिस चरिशेभले भ्यालेन्सियालाई १ गोल दिलाए । यो लज्जास्पद हारसंगै भ्यालेन्सियाको अर्को चरण प्रवेश सम्भावना कठिन बनेको छ । 

दोस्रो लेगको खेल भ्यालेन्सियाको मैदानमा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ