arrow

पेरिस आक्रमणले विश्व खेल जगत शोक मग्न, इङ्गल्याण्डसंग फ्रान्सले मैत्रीपूर्ण खेल खेल्ने

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
116802109.jpeg

एजेन्सी । फ्रान्सको पेरिसमा भएको आतंकवादी आक्रमणपछि विश्व खेल जगत शोक मग्न भएको छ । एक सय २९ जनाको मृत्यु भएको उक्त घटना विश्व खेल जगतका लागि मात्र नभई विश्व समुदाय नै स्तब्ध बनेको छ ।

समर्थक र खेलकर्मीहरुले विश्वभर जारी विभिन्न खेलकुद प्रतियोगिता सुरु हुनुपुर्व फ्रेन्च हमलाको निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरुको स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

फ्रान्समा एक हप्ताको लागि सबै खेल प्रतियोगिता रद्द भएका छन् । यद्यपि, मंगलबार इङ्गल्याण्डको वेम्बलेमा हुने फ्रान्स र इङ्गल्याण्डबीचको मैत्रिपूर्ण फुटबल खेल हुने भएको छ । फ्रान्सले उक्त खेल खेल्ने निर्णय लिइसकेको छ । रोय होड्सनले समेत फ्रान्सको निर्णयको स्वागत गरेका छन् । 

शुक्रवार राति फ्रान्सको पेरीसस्थित स्टेड डे फ्रान्स रंगशालामा फ्रान्स र जर्मनीबीच मैत्रिपुर्ण फुटबल खेल सकिएलगत्तै रंगशाला बाहिर आतंकवादी आक्रमण भएको थियो । यस्तै, इङ्गल्याण्डमा शनिबार राती भएको डेभिड बेकह्यामको च्यारीटी म्याच पूर्व विश्वभरका खेलाडीहरुले एक मिनेट मौनधारण गरे ।

फ्रेन्च मिडफिल्डरका भाई मारिए

फ्रान्सका मिडफिल्डर लासाना डीएराले स्टेड डे आक्रमणमा आफ्ना भाई मारिएको बताएका छन् । डीएरा जर्मनीविरुद्ध स्टेड डे फ्रान्स रंगशालामै खेलिरहेका थिए । ट्वीट गर्दै उनले भनेका छन्,‘ म यो खबर सुन्ने वित्तिकै निकै कमजोर भए ।’ डीएराले चेल्सी, आर्सनल र पोट्समाउथमा रहेर समेत फुटबल खेलिसकेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ