arrow

प्रदिप र पुरनले जिते तालपोखरामा डुंगा दौडको उपाधी

logo
सीता डोटेल,
प्रकाशित २०७६ फागुन ९ शुक्रबार
dunga.jpg

पाल्पा रामपुर । एक सय पर्यट्कीय गन्तव्यमा परेको पाल्पाको तालपोखरामा पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यले राखिएको खुल्ला डुंगा दौड प्रतियोगिताको प्रथम पुरस्कार प्रदिप कडेंल र पुरन सिं ठकुरीको जोडीले जितेको छ । २ मिनेट ३९ सेकेण्ड १२ मिलिसेकेण्डमा सो निर्धारित क्षेत्र पार गर्दै प्रदिप र पुरनको जोडी बिजेता बन्न सफल भएको  हो ।   

शिवरात्रीको अबसरमा गत बर्षदेखि शिबरात्री मेला आयोजना गर्ने गरि राखिएको  डुंगा दौड प्रतियोगितामा २ मिनेट ५० सेकेण्ड १२ मिलिसेकेण्डमा पार गर्दै द्धितिय मदन गौतम र कृष्ण गैरेको समूह भएका छन् । द्धितिय संग प्रतिस्पर्धा रहेको मनोज घर्ति र सन्तोष घर्तिको समुह २ मिनेट ५० सेकेण्ड ४९ मिलिसेकेण्डमा पार गरेर तृतीय स्थानमा आउन सफल भए ।

गतबर्ष प्लाष्टिकको र्‍याफि्टङ बोट प्रयोगमा ४ जनाको समूह भएकोमा यसबर्ष तालपोखरा संरक्षण समितिले मौलिकता प्रदान गर्न काठको पुरानो शैलीको डुंगा प्रयोग गरेको थियो । सो डुंगामा २ जनाको जोडी मात्र भाग लिन पाउने थिए ।

जोडी प्रतिस्पर्धामा ९ समुहले भाग लिएका थिए ।  गतबर्ष भन्दा यो बर्ष झन बढी हुने अपेक्षा गरिएपनी कम प्रतिस्पर्धीले भाग लिएको समितिको भनाई छ । ताल प्रवेश संगैबाट शुरु प्रतियोगितामा तालको बिचको जलेश्वर महादेवको मन्दिर नछोइकन परिक्रमा गरेर पुनः सोही ठाउमा सबैभन्दा छिटो आउने समुहलाई क्रमश बिजेता घोषणा गरिएको हो ।  

नेपाल भ्रमण बर्ष मनाइरहदा रामपुर क्षेत्रमा धेरै पर्यटक भिर्‍याउने उद्देश्यले तालपोखराले पर्यटनका गतिविधिलाई बढाउदै लगेको छ ।  फागुन ९ गते शिवरात्री परेपनि सो दिन पुजापाठ र भजन कृतन हुने हुदा अघिल्लो दिन प्रतियोगिता राखेको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागर प्रसाद देबकोटाले बताए ।

डुंगा दौड प्रतियोगितामा प्रथम हुनेले ७ हजार, द्धितियले ५ हजार र तृृतीयले ३ हजार प्राप्त गरेको समितिका सचिव सुनिल देबकोटाले बताए ।

कालीगण्डकी उपत्यकामा पुग्ने र मिनी फेवातालको रुपमा तालपोखरा क्षेत्र हेर्न ,डुंगामा शयर गर्न कै लागि बुटवल, पोखरा, काठमाडौंबाट विभिन्न टोली बनेर तालपोखरा आउने गर्दछन् । तालपोखराकोसाथै रमणीय पार्क, पिकनिक पार्क सहितका क्षेत्र र पछिल्लो समय खाजा नास्ताको लागि मौलिकता सँग जोडिएको कटेजको विकासले गर्दा तालपोखरा क्षेत्रमा चहलपहल बढ्दो छ ।

नेपाल सरकारको १०० पर्यटकीय गन्तव्यमा पर्न सफल तालपोखरामा आन्तरिक तथा बाह्य पर्यटक भित्¥याउने उद्देश्यले समितिले कार्यक्रम राख्दै आएको छ । मानब निर्मीत कृतिम तालको विकास गरि आकर्षण बढाउन सफल तालमा युवाहरु प्राय पुग्ने गरेका छन् ।

झण्डै ४५ रोपनी क्षेत्रफलमा फैलिएको ताल सहित पार्क र अन्य भाग गरि झण्डै ६५ रोपनी क्षेत्रफल रहेको तालपोखरामा थप संरचना बन्ने क्रम जारी छ ।

तालपोखराको विकासका लागि रामपुर नगरपालिका र पर्यटन बोर्डले लाखौं रकम सहयोग गरेका छन् । सरकारले पर्यटकीय गन्तव्यको रकम सहित नेपाल पर्यटन बोर्ड र नगरपालिकाले संरचना निर्माणमा बर्षे्नि लाखौं रकम सहयोग गरेपछि स्थानीयले तालपोखराको विकास र व्यवस्थापनमा जुटेका हुन ।शिवरात्री मेला आयोजना गरे सगैँ यहाँका स्थानियको सकृयता बढेको छ भने विभिन्न आमा समुहले ध्वजा पतका टाँसेर तालपोखराको रौनकतालाई अझ बढाएका छन् अझ भनै तालपोखरा बेहुलि जस्तै सिगांरिएको छ ।

तालपोखरा कालीगण्डकी क्षेत्रकै आकर्षक गहना बन्न सफल भएको छ । बर्खायाममा पानी जम्ने भागलाई २०६६ सालमा महायज्ञ गरि तालपोखराको रुपमा विकास थालिएको थियो । जहाँ साढे २ करोड रकम संङ्कलन भएको थियो ।

सोही समयदेखि तालपोखराको संरचना शुरु भएपनि केही संरचना निर्माण सकिएसँगै ३ बर्षयता देखि पुजाआजा र डुंगा सञ्चालन हुदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ