arrow

नशासँग जोडिएको शिवको कहानी

logo
प्रकाशित २०७६ फागुन ९ शुक्रबार
shiva-mahadev.jpg

काठमाडौं । शैव परम्परामा शिवजीलाई भाङ चढाउने गरिन्छ । श्रावण र शिवरात्रीमा भाङ खाने पनि धार्मिक परम्परा छ । त्यसो त होलीमा पनि भाङ सेवन गर्ने चलन छ । तर, यसको शिव पर्वमा यसको छुट्टै महत्व छ । गाँजा, चरेस र भाङ तीनै मादक पदार्थ हुन् । यसको उल्लेख वेद तथा आयुर्वेदिक शास्त्रमा पनि उल्लेख गरिएको छ ।

हजारौं वर्षदेखि साधु र वैरागीले यसको सेवन गर्दै आएका छन् । औषधिको रुपमा पनि यिनीहरुको प्रयोग हुने गरेको छ ।  शिवजीले अमृत मन्थनको समयमा विष सेवन गरेका थिए । त्यतिबेला उनको शरीरलाई चिसो बनाउन उनलाई भाङ दिइएको थियो । त्यतिबेलादेखि शिवजीलाई भाङ चढाउन थालिएको हो । केही शिवभक्त भाङ सेवन नगरी शिवजीप्रति श्रद्धा व्यक्त गर्न नसकिने बताउँछन् । तर, केही मानिस भने केवल शिवजी मात्र मादक पदार्थ सेवन गर्छन् भन्ने कुरामा विश्वास गर्छन् ।
 
जबसम्म मानिसले आफूभित्रको शिवलाई जागृत गर्दैनन् । तबसम्म मादक पदार्थ सेवन गर्नु हुँदैन । यस्तोमा मानिसहरु शिव त केवल बहाना मात्र रहेको र मादक पदार्थ सेवन गर्ने चाहनाको कारण शिव भक्तिको नाटक गर्ने गरेको पनि बताउँछन् । त्यसैले सन्तहरु  भाङभन्दा टाढै रहने गर्छन् ।
 
पौराणिक मान्यताअनुसार शिवलाई वैरागीबाट गृहस्थ बनाउन देवी शक्तिले तपस्था गरेकी थिइन् । यस्तोमा शिवलाई विवाहमा दुलाहा बनेर आउनुपर्ने थियो । तर, शिव वैरागी थिए । उनलाई कसरी विवाहमा जानुपर्छ भन्ने थाहा थिएन । त्यसैले उनी घोडाको सट्टामा साँढेमाथि बसेर गए । सिक्रिको सट्टा नागलाई बाँधे । शरीरमा चन्दनको सट्टामा भस्म लगाए र जन्तीको सट्टा भूत–पिशाच, राक्षण र गणलाई पनि साथमा लिएर गए । अमृतको सेवनको सट्टामा विष पिएर मण्डपमा पुगे । यो सबै शिवरात्रीको राति भएको थियो । यसै दिन शिवजी देवीको आराधना सुनेर वैरागी रुप त्यागेर कैलाश पर्वत छाडेर काशी आएका थिए । र सांसारिक जीवनको भागीदार भएका थिए ।

वैराग्य अनुभवको लागि भाङको सेवन गर्नु एक किसिमको चलन हो । सांसारिक जीवनको बन्धन र तनावबाट मुक्तिको लागि यसलाई एक साधन मानिन्छ । जसको कारण विश्वभरमा सबै जनजाति कुनै न कुनै किसिमको मादक पदार्थको सेवन गर्ने गर्छन् । तर, यसको नियमित सेवन निषेध गरिएको छ । केही फिल्ममा पाश्चात्य परम्पराबाट प्रभावित नायक र नायिकाले गाँजा सेवन गरेको देखाइन्छ । यसको भने शिवभक्तिसँग कुनै सम्बन्ध छैन ।
 
शिवभक्तिसँग केवल भाङको सम्बन्ध छ । तर, यस्तोमा पनि हामीभित्रको शिव जागृत नभएसम्म यसको सेवन गर्नु हुँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ