arrow

भगवान शिव कसको गर्छन् ध्यान ?

शिव किन सधै ध्यानमा

logo
प्रकाशित २०७६ फागुन ९ शुक्रबार
shivas1.JPG

काठमाडौं । एकपटक अत्यन्त प्रसन्न मुद्रामा बस्नुभएका भगवान शिवलाई माता पार्वतीले अनुकूल समय जानी करबद्ध विनम्रपूर्वक प्रश्न गर्नुभयो, 'हे विश्वनाथ! तपाइ त्रिभुवनका गुरु हुनुहुन्छ, हे नाथ! कृपा गरेर  यो बताउनुहोस् कि त्यो नाम के हो? जसको तपाईले सदा ध्यान गर्नुहुन्छ ।'

भगवान शंकर यस्तो लोक कल्याणकारी प्रश्न सुनेर अति प्रसन्न हुनुभयो अनि आफ्नो सहज स्वरुपको ध्यानमा केहिबेर मग्न रहेपछि रामकथाको वर्णन गर्दै भन्नुहुन्छ-
झूठेउ सत्य जाहि बिनु जानें।
जिमी भुजंग बिनु रजु पहिचानें।।

नजानेसम्म झुटो पनि सत्य लाग्छ, जसरी नचिन्नाले डोरी सर्प जस्तो देखिन्छ। उस्तैप्रकार जसलाई जानेपछि यो जगतको माया समाप्त हुन्छ, जसरी सपनाबाट जागेपछि सपनाका भ्रम समाप्त हुन्छ उस्तै प्रभु राम हुनुहुन्छ जसको नाम जप्नाले समस्त सिद्धि प्राप्ति हुन्छ । जसले अमंगललाई हरेर मंगल गर्दछन ।

 'हे विश्वनाथ!, कृपा गरेर मलाई सम्झाउनुहोस् कि राम को हुन्? यदि उनी राजाका पुत्र हुन भने ब्रह्म कसरी हुन्?  माता पार्वतीद्वारा रामकथा प्रसंग सोधिएकोमा प्रसन्न भगवान शंकर फेरि भन्नुहुन्छ, 'हे उमा। तिमी समान उपकारी कोहि छैन, किनभने यो प्रसंग समस्त जगतका कल्याण गर्ने पवित्र गंगा समान छ। रघुवीरको श्रीचरणको अनुरागी भएर लोक-कल्याणको लागि यस्तो प्रश्न सोध्ने हे पार्वती ! रामको कृपाले तिम्रो मनमा सपनामा पनि कुनै शोक, मोह, सन्देह वा भ्रम छैन।'

राम सच्चिदानन्द दिनेसा।
नहिं तह मोह निसा लवलेसा ।।

राम सच्चिदानन्द अविनाशी ब्रह्म हुन्, जो सबैदेखि पर सबैको हृदयभित्र वास गर्छन, जसको दर्शन आफ्नो हृदयमा  हुनसाथ हामी यो स्वप्नवत् संसारबाट जाग्छौं। अनि यो त्यो नररूप हरि अर्थात् सद्गुरुदेव महाराजको शरणमा गएर त्यो  राम नामलाई जान्नाले नै सम्भव हुन्छ । भगवती पार्वती ! म त्यसै नामको सुमिरण नित-निरन्तर गरिरहन्छु । भगवानको रामावतारभन्दा हजारौ वर्ष पहिलेदेखि नै म त्यस नामको सुमिरण गर्दै आइरहेको छु । आउ आज तिमिले मसँग त्यस नामलाई जान्ने जिज्ञासा गरेकी छौ, अतः म म त्यस नामको उपदेश दिन्छु । सुन, त्यो नाम यस्तो छ -

"राम रामेति रामेति रमे रामे मनोरमे ।
सहस्र नाम तत्तुल्यं राम नाम वरानने ।।"

हे पार्वती ! त्यो नाम सबैमा रमने वाला छ, त्यो नाम राममा पनि रमने वाला छ र सबैको मनमा पनि रमण गर्ने वाला छ। त्यस नामलाई एकपटक सुमिरण गर्नाले विष्णु-सहस्र-नामको जाप बराबर फल दिने वाला छ, तिमि पनि त्यस नामको सुमिरण गर । त्यो तिमि भित्र नै तिम्रो स्वाँस-स्वाँसमा रमने वाला हो।

भगवान शंकर भन्नुहुन्छ, 'हे उमा तिमिले यो शंका रहित प्रश्न यसकारण सोध्यौ किनकि यसको विवेचन गर्नाले र यसको श्रवण गर्नाले सबैको कल्याण हुनेछ। जसले आफ्नो कानले हरि कथा (सत्संग) सुन्दैन, उसको कान सर्पको प्वाल समान हो, जसले आफ्नो आँखाले सन्तहरुको दर्शन गर्दैन,  उसको आँखा मयुरको प्याँख समान हो । जसले गुरु महाराजको  चरणकमलमा प्रणाम गर्दैन उसको शिर तितो चिण्डो समान हो। अनि आफ्नो हृदयमा भगवान भक्ति नराख्ने व्यक्ति जीवितै मुर्दा समान हो। प्रभुको गुणगान नगर्नेको जिब्रो भ्यागुताको जिब्रो समान हो, हरि कथा अर्थात् सत्संग सुनेर खुशी नहुनेको हृदय कठोर वज्र समान हो । हे पार्वती! रामको लीला दैवी प्रकृति भएको मनुष्यको लागि हितकर छ अनि असुरहरूलाई  विमोहित गर्छ । कामधेनु समान यो रामकथा जसले श्रद्धापूर्वक श्रवण गर्छ, उसलाई यसले सबै सुख प्रदान गर्छ । यो कथाको गुणगान सुन्ने सत्संगीहरूको समाज नै देवलोक हो।'

भगवान  शंकर भन्नहन्छ,'यस्तो अभागी को होला जसले यस्ता परम कल्याणकारी कथालाई सुन्दैन।
 निज भ्रम नहिं समुझहिं अज्ञानी।
 प्रभु पर मोह धरहिं जड़ प्रानी।।

अज्ञानीहरू आफ्नो अज्ञानको कारण 'राम'लाई जान्दैनन् । यस्ता जड प्राणीले आफ्नो मोहको आवरणमा प्रभुलाई अरु नै केहि सम्झन्छन् । शिवजीको वाणी सुनेर पार्वती गद्गद हुनुभयो तथा कृपालु भगवान शंकरसँग त्यस नामको क्रियात्मक ज्ञान प्राप्त गरेर पार्वती कृत कृत्य हुदै शंकर भगवानसँग सुमिरण गर्नुभयो । यसकारण तुलसीदासले भनेका छन्-

"सहस नाम सम सुनिशिववानी, । जपि जेहि पिय संग भवानी।"

भगवान शंकरको हृदयस्थित मानसरोवरबाट प्रवाहित भइरहेको महामन्त्रको सदृश्य मानस कथाको व्याख्या गर्दै तुलसीदासजी भन्छन्-

मन्त्र महामनि बिषय व्याल का
मेटत कठिन कुअंक भाल के।।

त्यो नामरूपी महामन्त्र यस्तो अद्भुत मणि हो जसको स्मरण गर्नाले मात्र संसारको विषय-वासनारूपी सर्पको विष तत्काल समाप्त हुन्छ । त्यो महामन्त्रले हाम्रो भागमा (निधार) लेखेको कठिन, नमेटिने नराम्रो लेखलाई पनि मेटाइदिन्छ । हाम्रो भाग्यलाई उल्टाइदिन्छ, यस्तो छ त्यो परम शक्तिशाली प्रभुको नामरूपी मन्त्र।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ