arrow

थाई अदालतद्वारा लोकतन्त्र पक्षीय पार्टी विघटनको फैसला

logo
एएफपी,
प्रकाशित २०७६ फागुन १० शनिबार
thailand-supreme-court.jpg

बैङ्कक। सेना विरोधी र लोकतन्त्र पक्षधर एउटा पार्टीलाई थाइल्याण्डको अदालतले विघटन गरिदिएको छ। अदालतको शुक्रबारको फैसलामा विघटित पार्टीका मुख्य नेताहरुलाई राजनीतिमा प्रतिबन्ध पनि लगाइएको छ। फ्युचर फरवार्ड पार्टी (एफएफपी)लाई अदालतले विघटन गरिएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्। सन् २०१४ मा भएको ‘कु’ पछिको पहिलो निर्वाचनमा सो पार्टी तेस्रो ठूलो पार्टी भएको थियो। सो पार्टीको नेतृत्व देशका धनाड्य मानिने थानाथोर्न जुआनग्रुन्ग्रुआङकितले गरेका थिए। 

एफएफपीले थाइल्याण्डमा पूर्ण लोकतन्त्रको माग गर्र्दै आन्दोलन गरिरहेको छ। उनीहरुले सेनालाई राजनीति र व्यापारबाट अलग बनाउनु पर्ने माग पनि गरेका छन्। यो पार्टीले ६३ हजार भोट प्राप्त गरेको थियो भने शक्तिशाली मानिएको परम्परागत सेनाका विरुद्धमा छ।

निर्वाचनबाट विजयी भएका यस पार्टीका ७६ जना सांसदहरुलाई पनि थाइल्याण्डको अदालतमा अनेक मुद्दा लगाइएको छ। अदालतको फैसलालाई एफएफपीका नेताहरुले भने अस्वीकार गरेका छन्। उनीहरुले अदालतले गलत फैसला गरेको टिप्पणी गरेका छन्। पार्टीका नेता थानाथोर्नले अदालतको फैसलाबाट बिचलित नहुन र आफ्नो सपनाको यात्रालाई नरोक्न आह्वान गरेका छन्। 

थाईल्याण्डको अदालतमा उन र उनको पार्टीका विरुद्धमा २९ ओटा मुद्दा रहेको समाचारमा जनाइएको छ। “आजको दिन थाईल्याण्डका लागि सवैभन्दा अध्याँरो र कालो दिन हो, यो अध्याँरोबाट देशलाई मुक्त नगर्दासम्म मैले विश्राम लिनेछैन, त्यो दिनको प्रतिक्षा गर्दै संघर्ष गरौँ,” उनले भने। पुरानो पार्टी विघटन भएपनि नयाँ पार्टी बनाउने र त्यसैले थाई नागरिकको प्रजातान्त्रिक अधिकारको लडाई लड्ने घोषणापनि उनले गरेका छन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ