arrow

विकट गाउँमा लिफ्ट खानेपानी आयोजना शुरु

logo
रासस,
प्रकाशित २०७६ फागुन १० शनिबार
parbat_district_map.png

पर्वत। पर्वतको विहादी गाउँपालिका–३ रानीपानीमा रुम्टा लिफ्ट खानेपानी आयोजनाको निर्माण शुरु भएको छ। दुई करोड ५० लाखको लागत अनुमान रहेको सो आयोजनाको शुक्रबारदेखि निर्माण शुरु भएको हो। गण्डकी प्रदेश सरकारले साढे दुई करोड बजेट विनियोजन गरेको जनाइएको छ।

विहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले यहाँका बासिन्दा अब खानेपानीको समस्याबाट मुक्त हुने र समयमै काम सम्पन्न गराउनको लागि स्थानीयवासीसमेत क्रियाशील हुनुपर्नेमा जोड दिए। खानेपानीको विद्युत् महशुल गाउँकार्यपालिकाबाटै भुक्तानी हुने गरी व्यवस्था मिलाउने तयारी गरेको जनाइएको छ। रानीपानीको भाटीचौर, साउथर, कुमालगाउँ, पस्यारलगायतका ठाउँका १५० भन्दा बढी बासिन्दा आयोजनाबाट लाभान्वित हुने वडा नं ३ का वडाध्यक्ष रणबहादुर आलेले जानकारी दिए।

आयोजनाको काम शुरु भएसँगै स्थानीयवासी निकै हर्षित भएका छन्। रानीपानीमा अर्को बृहत् अरेबा लिफ्ट खानेपानी आयोजनाको कामसमेत शुरु हुँदैछ। यी दुई खानेपानी आयोजना सञ्चालन भएपछि वर्षौंदेखिको खानेपानीको समस्या बाट पूर्ण मुक्त हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ