arrow

अफ्रिकामा कोरोना भाइरस प्रतिरोधको तयारी नभएको भन्दै डब्लुएचओद्वारा चासो व्यक्त

logo
एएफपी,
प्रकाशित २०७६ फागुन १० शनिबार
africa.png

एदिस अबाबा। कोरोना भाइरसको सङ्क्रमणको प्रतिरोधका लागि तयारी नभएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार चासो व्यक्त गरेको छ। संगठन प्रमुख टेड्रोस अधानम गेब्रेयससले अफ्रिकी संघका सदस्य राष्ट्रहरूलाई कोभिड–१९ भनिने भाइरसको सङ्क्रमणसँग आक्रामक प्रतिरोधका लागि एकजुट भएर लाग्न आग्रह गरेका छन्। यद्यपि अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणको पुष्टि अफ्रिकी मुलुकमा इजिप्टबाहेक अन्यत्र आएको छैन।

तर “कमजोर स्वास्थ्य प्रणाली रहेका मुलुकहरूमा कोरोना भाइरसको सम्भावित सङ्क्रमण र त्यसको रोकथाम र नियन्त्रणका लागि हाम्रो चासो बढेको छ,” टेड्रसले जेनेभामा एक भिडियोमार्फत अफ्रिकी संघका स्वास्थ्य मन्त्रीहरूको भेलालाई गरेको सम्बोधनमा भने।

डिसेम्बरमा चीनबाट शुरू भएको कोभिड–१९ले अहिलेसम्म दुई हजार २०० भन्दा बढी चिनियाँको ज्यान लिएको छ भने ७५ हजार ५०० व्यक्तिमा सङ्क्रमण भएको पुष्टि भएको छ। चीनबाहिर पनि इरान, फिलिपिन्स, दक्षिण कोरिया, जापानमा रोगको सङ्क्रमण फैलिने क्रम बढ्दो छ। विश्व स्वास्थ्य संगठनका अनुसार चीनबाहिर अहिलेसम्म करिब एक हजार १५० व्यक्तिमा भाइरसको सङ्क्रमण पुष्टि भैसकेको छ।

डब्ल्यूएचओका अनुसार अफ्रिकी क्षेत्रमा २०० भन्दा बढी संदिग्ध घटनाहरू देखिएका र यसमा अधिकांश अफ्रिकी देशहरूका नागरिक रहेको संगठनका क्षेत्रीय निर्देशक मत्शिदिसो रेबेका मोतीले शनिबार बताए। उनले सङ्क्रमणको आशङ्का गरिएका ती व्यक्तिमा अहिलेसम्म भाइरसको पुष्टि भने भएको छैन। तर यदि कोभिड–१९ जब अफ्रिकी महाद्वीपमा फैलिन थाल्छ अफ्रिकी स्वास्थ्य प्रणालीलाई पीडित बिरामीहरूको उपचार गर्न जटिल हुनेछ,” डब्ल्यूएचओको टेड्रसले भने।

“यी बिरामीहरूलाई श्वासप्रश्वासका लागि सहयोगी मेसिन जस्ता उपकरणहरू प्रयोग गरी गहन हेरचाह आवश्यक पर्छ जुन तपाईंलाई थाहा छ, धेरै अफ्रिकी देशहरूमा अभाव रहनेछ त्यसैले यो चिन्ताको विषय हो,” उनले भने। अफ्रिकी आयोगका अध्यक्ष मौसा फकी महामतले अधिकारीहरूलाई रोकथाम, र नियन्त्रणका कडा उपाय अवलम्बन गर्न आग्रह गरे। “हाम्रो प्यारो महाद्वीप, अफ्रिकामा तुलनात्मक रूपमा विश्वका अन्य क्षेत्रको तुलनामा कमजोर स्वास्थ्य प्रणालीको जोखिममा रहेको छ,” उनले भने। अफ्रिकी मुलुकमा कोरोना भाइरस परीक्षणको क्षमता भएका देशको सङ्ख्या सङ्क्रमणको व्यापकतासँगै दुईबाट २६ पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ