arrow

अदुवाको भाउ नपाएपछि सुदूरपूर्वी पहाडि जिल्लाका कृषकहरु मर्कामा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1937096251.jpeg
जितेन्द्र भण्डारी, पाँचथर। गत वर्षको भन्दा यस वर्ष अदुवाको भाउमा कमि आएपछि सुदूरपूर्वी पहाडि जिल्लाका कृषकहरु चिन्तित बनेका छन्। विगतका वर्षमा २ हजार देखि ३ हजार रुपैया प्रतिमनले विक्री भएको अदुवा यस वर्ष १ हजार प्रतिमनले समेत विक्री नहुँदा कृषकहरु चिन्तित बनेका हुन्।
 
पूर्वी पहाडि जिल्ला पाँचथर, इलाम, तेह्रथुम, ताप्लेजुङ, धनकुटा लगायत जिल्लाका कृषकहरुले उत्पादन गर्ने अदुवा झापा हुँदै भारतसम्म निर्यात हुने गरेको छ। सीमामा देखिएको अबरोधका कारण अदुवा निर्यातमा समस्या देखिएकोले अदुवा लैजान नसकिएको ब्यापारीहरु वताउने गर्दछन्।
 
अदुवाको कारोबार हुने यो सिजन भएपनि अहिले भाउ नभएपछि ब्यापारीहरु समेत गाउँ गएका छैनन्। अदुवाको भाउ नभएपछि कृषकले समेत अहिलेसम्म अदुवा निकालेका छैनन्। गत वर्ष जिल्लामा ७ हजार १ सय ७४ मेट्रिकटन उत्पादन भएको मध्ये ६० प्रतिशत जिल्ला बाहिर निर्यात भएको थियो। जसमा ३२ करोड २८ लाख ३० हजार रुपैयाको अदुवा कृषकले विक्री गर्न सफल भएको जिल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ