arrow

विद्यालयको चुनावका लागि पार्टीगत घम्साघम्सी, दुई समूहबीच झडप, चामल र पैसासमेत बाँडियो

logo
जितेन्द्र भण्डारी, 
प्रकाशित २०७६ फागुन १२ सोमबार
87547069_516557929055003_44.jpg

पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा न १० खलंगाटारमा सोमबार चुनाव हुनुअघि नै दुई समूहबीच घम्साघम्सी भएको छ । खलंगाटार विद्यालय व्यवस्थापन समितिको चुनावमा आइतबार राति दुई समूहबीच घम्साघम्सी भएको हो ।

चामल र पैसासमेत बाँडिएको बताइएको छ । सर्वसम्मत समिति नेतृत्व चयन हुन नसकेपछि हुन लागेको चुनावमा नेकपा, राप्रपा, संघीय लिम्बुवान पार्टी, मनगोल अर्गनाइजेसन लगायत संयुक्त पार्टीले राति ११ः१३ मिनेटमा खर्लम्बामा चामल र पैसा वितरण गरिएको स्थानीय सिसुम जबेगुले बताए । 

राप्रपाका केन्द्रीय सदस्य प्रेम थाम्सुहाङ, फिदिम नगर सभापति होमराज थाम्सुहाङ, नेकपाका राजु थाम्सुहाङ लगायतले नेकपाका नेता तुलसी प्रधानको गाडिमा चामल र पैसा वितरण गरेको बताए । 

मतदान हुनु एक दिन अघि नै जबरजस्ती मतदाता उनीहरुको कब्जामा राखेको स्थानीय अहिन्द्र जबेगुले बताए ।

यता नेकपाका राजु थाम्सुहाङ्ले भने चामाल पैसा केही वितरण नगरेको बताए । 

संयुक्त पार्टीबाट चक्र थाम्सुहाङ र नेपाली कांग्रेसबाट बेल कुमारी हाङ्सुरम्बा नेतृत्वका लागि भिड्दै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ