arrow

एनएमबी बैंकको प्रशंसनीय काम, बालमन्दिरलाई पोशाक र शैक्षिक सामग्री

logo
प्रकाशित २०७६ फागुन १२ सोमबार

बुटवल । एन एम बी बैंकको बुटवल शाखाले बौद्धिक अपाङगता भएका बालबालिकालाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । 

बुटवलमा रहेको सुस्त मनस्थिती बाल बिद्या मन्दिर मार्फत् बैंकले उनीहरुलाई शैक्षिक सामग्रीहरुसँगै विद्यालय पोशाक, खेल पोशक, जुत्ता तथा मोजा र झोला एक एक सय थान वितरण गरेको हो । 

बाल मन्दिरका बालबालिकालाई बैंकका प्रदेश ५ प्रमुख सुरेन्द्रमान महर्जन, प्रदेश ५ मुख्यमन्त्री कार्यालयका सचिव टेकनारायण पाण्डे लगायतले ती सामग्रीहरु हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिव पाण्डेले बैंकले नाफामुखी कार्य मात्र नगरी सेवामुखी कार्यहरु पनि गर्नु प्रशंसनीय भएको बताए । 

बैंक प्रदेश ५ प्रमुख महर्जनले समाजिक उत्तरदायीत्व अन्तरगत यो कार्य गरेको र यस्ता कार्यलाई निरन्तरता दिइने जानकारी दिए ।

बैंकका प्रदेश दायित्व प्रवन्धक डिबिर विक्रम शाह र शाखा प्रवन्धक नारायण शर्माले बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई सहयोग सामग्रीहरु वितरण गर्न पाउँदा आत्मसन्तुष्टि भएको र बालमन्दिर सञ्चालकहरुको लगाव अनुकरणीय रहेको बताएका थिए ।  

कार्यक्रममा बालमन्दिरका अध्यक्ष लोकनाथ भुषाल, प्रअ तथा राष्ट्रिय अपाङ्ग महासंघकी केन्द्रीय सदस्य मिना भुषाल पाठक, महासंघकी प्रदेश ५ उपाध्यक्ष शारदा भट्टराई, सामाजिक अगुवाहरु तिलक तिवारी, शेर बहादुर गौतम, सावित्रा घिमिरे, विजय अर्याल, चिरन बराल, गुणाखर घिमिरे लगायतले एमएमबी बैंकको सहयोग प्रशंसा गरेका थिए ।


 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ