arrow

कृष्णप्रसादको आमरण अनसनमा सरकारको ध्यान गएन, कांग्रेसले ल्यायो बन्दको कार्यक्रम

logo
प्रकाशित २०७६ फागुन १२ सोमबार
madi-congress-anasan1.jpg

चितवन । चितवन जिल्ला जिल्ला माडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नेपाली काँग्रेसका नेता श्री कृष्ण प्रसाद पौडेलको आमरण अनसनमा सरकारले कुनै ध्यान नदिएको भन्दै कांग्रेस जिल्ला चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

गत फागुन ७ गतेदेखि आमरण अनसनमा बसेका पौडेलको स्वास्थ्य गम्भीर हुँदासमेत सरकारले वास्ता नगरेको भन्दै कांग्रेसले जीवनरक्षाको माग गर्दै पौडेलले राखेका माग पूरा गर्न माग गरेको छ । 

कांग्रेसले पौडेलका माग पूरा र जीवनरक्षाको माग गर्दै दवावस्वरुप आन्दोलनका कार्यक्रमसमेत जारी गरेको छ । 

सोमबार फागुन १२ देखि १५ गतेसम्मका दैनिक कार्यक्रम सार्वजनिक गरेको कांग्रेसले १५ गते चितवन बन्द नै आब्हान गरेको छ । 

जिल्ला सभापति जीतनारायण श्रेष्ठले कांग्रेसको आन्दालनमा सरीक हुन सबैलाई आग्रह गरेका छन् । 

यस्तो छ कांग्रेसको विज्ञप्ति–

विज्ञप्ती
चितवन जिल्ला माडी न।पा। वाड नं। १ का वडा अध्यक्ष नेपाली काँग्रेसका नेता श्री कृष्ण प्रसाद पौडेल फाल्गुण ७ गतेदेखि बाँदरझुला देखि अमेलियासम्मका सुकुम्बासीहरुको समस्या समाधान लगायतका ७ शुत्रीय मागहरु राखी माडीका जनताको समस्या समाधानका लागि आमरण अनशन बस्नुभएको आज छैटौँ दिन बितिसक्दा पनि वार्ताद्वारा मागहरु पुरा गर्न राज्य गम्भिर भएको छैन । हाल अनशनमा बस्नुभएका वडा अध्यक्ष पौडेल स्वास्थ्य स्थिति जटिल भई जीवन र मृत्युको दोसाधमा भरतपुर अस्पतालको सघन उपचार कक्षमा रहनुभएको छ । नेपाली काँग्रेस अनसन भनेको सत्य, न्याय, शालिनता, विनम्रता र असिम धर्मको संगम हो भन्ने कुरामा विश्वास राख्दछ । यस्ता अहिंसात्मक आन्दोलन मार्फत उठाईएका मागहरु राज्यले समयमै समाधान गर्न हरदम प्रयत्नशिल रहनुपर्दछ तर आज छैटौँ दिनसम्म पनि अनसनकारी पौडेलका जायज मागमा वेवास्ता गरिएको प्रति हामी खेद प्रकट गर्दछौँ । उहाँले उठाउनुभएको समस्यालाई नेपाली काँग्रेस चितवन ऐकेबद्धता प्रकट गर्दै उहाँको जीवन रक्षाका लागि दबाब सिर्जना गर्न निम्मानुसार चरणबद्ध आन्दोलनका कार्यक्रमहरु तय गरिएकाले सम्पूर्ण न्याय प्रेमी चितवनबासी दाजुभाई दिदिबहिनीहरुलाई आन्दोलनका कार्यक्रममा सहयोग, समर्थन र सरिक भईदिनुहुन यस विज्ञप्ती मार्फत हार्दिक अपिल गर्दछौँ । 
तपसिल –
प्रथम चरणका आन्दोलनका कार्यक्रमहरु 
१। २०७६।११।१२ गते १ बजेदेखि २ बजेसम्म चौबिसकोठीमा चक्काजाम ।
२। २०७६।११।१३ गते १२ः३० देखि १ः३० बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना ।
३। २०७६।११।१४ गते बेलुका ६ बजे लायन्चोकबाट पुल्चोकसम्म मसाल जुलुश ।
४। २०७६।११।१५ गते चितवन बन्द 

मितिः २०७६।११।१२ गते
                                     
जीतनारायण श्रेष्ठ
सभापति



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ