arrow

उजुरी बारे द्धन्द्धपिडित नै अन्यौलमा

logo
प्रकाशित २०७३ वैशाख ९ बिहिबार
logo-new.png.png
काठमाडौं । सशस्त्र द्वन्द्वका बेला माओवादी आक्रमणमा दुवै खुट्टामा क्षति व्यहोरेका खैराङ ८ हेटौंडाका शमशेर थिङ अपांग खुट्टाले आठ घन्टा पैदल हिडेर हेटौंडा आएका छन् । 
 
चार दिनअघि हेटौंडा आइपुगेका उनी उजुरी बुझ्न शान्ति समिति धाइरहेका छन् । थिङलाई तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले घरमा सुतिरहेको बेला २०५७ असोजमा आक्रमण गरेका थिए । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालका घटनामा उजुरी दिन आहृवान गरेपछि उन नियमित शान्ति समितिको कार्यालय धाउँछन् । 
 
थिङजस्तै अन्य पीडित पनि शान्ति समितिको कार्यालय धाइरहेका छन् । यसअघि सनुसान हुने शान्ति समितिमा भिडभाड छ । तर, अधिकांश द्वन्द्वपीडित उजुरी गर्ने कि नगर्ने भन्ने अन्योलमा छन् । 
 
एउटै गाउँमा मेलापात सँगसँगै गर्ने छिमेकी विरुद्ध उजुरी गर्ने कि नगर्नेमा द्वन्द्वपीडितहरु अन्योलमा छन् । उनीहरुलाई उजुरी गरेपछि समाजमा आफूहरुलाई हेर्ने दृष्टिकोणका विषयमा चिन्तित छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ