arrow

लिभरपुलको रेकर्ड  

logo
प्रकाशित २०७६ फागुन १३ मंगलबार
liverpool34.jpg

काठमाडौं । इंगलिश प्रियिमर लिग फुटबलमा लिभरपुलले कीर्तिमानी जित हात पारेको छ । सोमबार राति वेस्टह्याम युनाइटेड विरुद्ध जित निकाल्दै लिभरपुलले म्यान्चेष्टर सिटीले कायम गरेको लगातार १८ जितको कीर्तिमान बराबरी गरेको हो ।

जारी सिजनमा निकै फर्ममा रहेको लिभरपुलले सिटीको सो कीर्तिमान बराबरी गरेको हो । लिभरपुलले गत अक्टोबरमा म्यान्चेष्टर युनाईटेडसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । त्यसपछि लिभरपुल लिगमा निरन्तर विजयी छ ।

सन् २०१७ को अगष्टदेखि डिसेम्बरसम्म सिटीले १८ खेलमा लगातार जित निकालेर कीर्तिमान कायम गरेको थियो ।

सोमबार रातिको खेलमा लिभरपुल ३–२ गोल अन्तरले विजयी भयो । 

जर्जिन्हो विजनाल्डमले खेलको नवौं मिनेटमा गोल गर्दै लिभरपुललाई घरेलु मैदानमा सुरुवाती अग्रता दिलाए । त्यसको तीन मिनेटपछि वेस्टह्यामका इस्सा डिपले गोल गर्दै बराबरीमा ल्याए ।

दोस्रो हाफमा पाब्लो फोर्नाल्सको गोल गर्दै वेस्टह्यामलाई २–१ ले अग्रता दिलाए । ६८ औ मिनेटमा मोहम्मद सलाहाले खेल २–२ को बराबरीमा ल्याए ।

बराबरीतर्फ उन्मुख खेलको ८१ औ मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई महत्वपूर्ण तीन अंक दिलाए ।

अंक तालिका
जारी लिगमा अपराजित एक मात्र टोली लिभरपुलले अपराजित रहेरै उपाधि जित्ने नयाँ कीर्तिमान रच्न बाँकी नै छ । 

२७ औं चरणको समाप्तिसम्म लिभरपुलले २६ जित १ बराबरी सहित ७९ अंक बटुलेको छ । 

दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ५७ अंक छ । दोस्रो स्थानको सिटीभन्दा लिभरपुल २२ अंकले अगाडि छ । लिग सकिनु  ७ खेल अगाडि नै लिभरपुलले उपाधि जित्ने लगभग पक्का छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ