arrow

बुद्धिचालमा तीन खेलाडीको अग्रता

logo
प्रकाशित २०७६ फागुन १३ मंगलबार
20200224_133812.jpg

ताप्लेजुङ्ग । ताप्लेजुङ्गको फुगंलिङ्ग बजारमा जारी पाथिभरा अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिताको चौथो चरणको खेल सम्पन्न हुँदा नेपालका सुमित पन्त, भारतका राघव श्रीवास्तव र थेन्डुप तामाङ्ग चार अंक सहित संयुक्त रुपमा अग्र स्थानमा रहेका छन् ।

   राम्रो प्रर्दशन गरिरहेका सुमितले तेस्रो चरणको खेलमा भारतका राहुल कुमार र चौथो चरणमा किरण शाईलाई पराजित गरेका थिए भने श्रीवास्तवले तेस्रो चरणमा रोहित गरुङ्ग र चौथोमा भुपेन्द्र निरौलालाई पन्छाउन सफल भए ।

थेन्डुपले चौथो चरणको खेलमा नेपालका हरिशचन्द्र चौलागाई माथि सफलता हात पारे भने तेस्रो चरणको खेलमा चुडामणी कुलुङ्ग राईलाई निराश पारेका थिए । 

नेपालका शुरवीर लामा र वोर्ड नं. १ मा भारतीय खेलाडी द्वय हरिश शर्मा र ऋषभ निसाध बीचको खेल बरावरीमा टुङ्गिदा तीनै जना खेलाडी संयुक्त रुपमा दोस्रो स्थानमा रहेका छन् । 

पर्यटन वर्ष सन् २०२० को मेची मोहत्सवको उपलक्षमा भईरहेको प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन शुरवीर लामाले दुवै खेलमा जित हात पार्ने क्रममा तेस्रो चरणको खेलमा महेन्द्र साम्पाहाम्फे र चौथो चरणको खेलमा सुमन श्रेष्ठ माथी हात पारे भने प्रतियोगिताका उच्च वरियताका खेलाडी हरिशले तेस्रो चरणको खेलमा पूर्व नेपाल च्याम्पियन नविन तण्डुकारलाई हराउन सफल भयो भने चौथो चरणको खेलमा ऋषभ निसाध संग बरावरी खेले । ऋषभले तेस्रो चरणको खेलमा भारत कै मुकेश मण्डोईलाई पराजित गरे । 

ताप्लेजुङ्ग जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको जारी प्रतियोगितामा भुपेन्द्र निरौला, प्रकाश नेपाल, हरिचन्द्र चौलागाई, आशिष फुयांल, किशन कुमार, राजेन्द्र राई, युवराज पौडेल र दिव्या तेजा तीन अंक सहित तेस्रो स्थानमा रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ