arrow

'प्रधानमन्त्री र बुर्जुवा शिक्षा नपढ्न उर्दी जारी गर्ने शिक्षामन्त्रीको दृष्टिकोण ज्यादै अपरिपक्क'

logo
प्रकाशित २०७६ फागुन १३ मंगलबार
dilla-sangroula.JPG

काठमाडौं । स्टेफन हकिङले भन्नु भएको छ, ‘ज्ञानको सबैभन्दा ठूलो दुश्मन अज्ञानता होइन । ज्ञानको भ्रम हो ।’ यो भनाईमा जस्तै बहुत ज्ञानी छु भन्ने नेकपा सरकारले बोकेको छ ।

कुलपति समेत रहनु भएका प्रधानमन्त्री र द्वन्द्वका बेला बुर्जुवा शिक्षा नपढ्न उर्दी जारी गर्नु हुने शिक्षामन्त्रीको विश्वविद्यालयप्रतिको दृष्टिकोण ज्यादै अपरिपक्क र अव्यवहारिक छ ।

दक्ष जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयहरू महिनौंदेखि पदाधिकारी विहीन छन् । विश्वविद्यालयलाई सरकारको कार्यकर्ता भर्तीकेन्द्र बनाउन खोजेको छ । ६ वटा विश्वविद्यालय भदौ ७ गतेदेखि नेतृत्वविहीन छन् । विधिपूर्वक नेतृत्व छान्नुपर्ने विश्वविद्यालयमा पनि कलुसित राजनीतिको छाया छ । भागबण्डाका आधारमा नेतृत्व चयन नहोस् । तत्काल योग्य र सक्षम व्यक्ति नियुक्त गरियोस् ।

लाखौं विद्यार्थीको भविष्यमाथि खेल्ने अधिकार न प्रधानमन्त्रीलाई छ, न मन्त्रीलाई । लाभको लोभले राष्ट्रका भविष्यको उज्यालो भविष्य खोस्ने चेष्ठा नहोस् । सरकारका काम कारबाहीलाई राम्रो–नराम्रो छुट्टयाउने सदन हो । यो विषय तत्काल सम्बोधन गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।

धन्यवाद ।

(डा. डिला संग्रौलाद्वारा पन्त मंगलबारको प्रतिनिधि सभा बैठकमा प्रस्तुत धारणा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ