arrow

भूतले घरमा तर्साउने कारण र शुद्धिको उपाय

logo
अध्यात्म विज्ञान,
प्रकाशित २०७६ फागुन १३ मंगलबार
Nepal-spiritual-house-cleaning.jpg

काठमाडौं ।  संसारभरि प्रत्येक वास्तुमा कुनै न कुनै प्रकारको नकारात्मक तरङ्ग रहेको आध्यात्मिक अनुसन्धानले सार्वजनीक गरेको छ । यी नकारात्मक तरङ्ग धेरै कारणहरुले हुन्छन् जस्तै  परिसरमा मान्छे, के उनीहरु साधना गरिरहेका छन्?, के साधना, साधनाको ६ मूलभूत सिदान्त को नियमानुसार छ?, निवासीहरूको मानसिक स्वरुप कस्तो छ?, कुन उद्देश्यको लागि परिसर (वास्तु) प्रयोग गरेको छ?, वास्तु – घरको निर्माण कसरी गरेको छ, घरको सफाई, घरमा भएको वस्तुहरू र वस्तुहरुलाई कसरी राखिएको छ ।, घर निर्माण भएको भूमि, वरपरको क्षेत्र (परिसर) आदि ।

अझ महतत्त्वपूर्ण कुरा, यी नकारात्मक तरङ्गहरुले भूत (राक्षस, दानव, नकारात्मक शक्ति) अथवा पूर्खाको लिङ्ग देहलाई आकर्षित गर्दछ । तल दिएको आकृतिमा अनिष्ट शक्ति एवं पूर्खाहरुको लिङ्ग देह आकर्षित गर्ने सबै घटक तथा तिनीहरुको औसत प्रतिशत देखाएको छ ।


उदाहरणार्थ, यदि घरमा रहने व्यक्तिहरुमा अनेक स्वाभावदोष छन् जस्तै – क्रोध, लोभ, व्यसन आदि तब अनिष्ट शक्ति एवं पूर्खाको लिङ्ग देहलाई आकर्षित गर्दछन् । यसै गरी यदि परिसरको उपयोग व्यसनको लागि अथवा तामसिक गीतको लागि गरिएको छ भने अनिष्ट शक्ति आकर्षित गर्दछ । यसबाहेक हाम्रो ६० प्रतिशत पूर्वज (पूर्खा) मृत्युपछि भूलोकसँग जोडिरहन्छन् । त्यस मध्य ५० प्रतिशत पूर्खा आफ्नो प्रिय स्थान (पैतृक निवास), प्रिय वस्तुको छेउछाउ घूमि रहन्छ अनि बाकि ५० प्रतिशत आफूलाई मन पर्ने व्यक्तिको आसपास रहन्छन् । पूर्खाहरु जो भूलोकसँग जोडिरहेको हुन्छन् उनीहरुले आफ्नो वंशज तथा पैतृक निवासमा रहनेहरुलाई कष्ट दिन सक्छन् ।  

धेरै व्यक्तिहरु कष्टदायक स्पन्दनबाट अनभिज्ञ हुन्छन् । उनीहरु स्वयं नै अनिष्ट शक्तिको दुष्प्रभावले ग्रस्त हुन्छन् । त्यसैले उनीहरुमा अनिष्ट शक्तिको आवरण (औसत ४ से.मी.) हुन्छन् एवं उनीहरुको छैटौं इन्द्रिय कार्यरत नभएको कारण अनिष्ट शक्तिको उपस्थितिको कारण उत्पन्न यी सूक्ष्म कष्टको सन्दर्भमा उनीहरु संवेदनहीन हुन जान्छन्।


यो एउटा उदाहरणबाट हामी बुझ्न सक्छौं, जस्तै चिकित्सालयमा चिकित्साकर्मिहरुलाई औषधि एवं कीटाणुनाशको गन्धले कुनै कष्ट हुदैन्न्, यस्तै गरि कालो शक्तिको आवरण (रज-तम) ले युक्त व्यक्ति यस्तो स्थानमा अधिक राम्रो अनुभव गर्दछ जहाँ रज-तम युक्त गतिविधिहरु हुन्छन् । जस्तै शराबी व्यक्ति जो आविष्ट छ उनी प्रसन्न हुन्छ जब उनको बरिपरि अधिक शराब ल्याई दिन्छन्‍।

निवाशलाई बाधित गर्ने अनिष्ट शक्ति एवं नकारात्मक तरङ्गलाई कम गर्ने उपाय

तलको तालिकामा परिसरलाई आध्यात्मिक शुद्धि गर्नको लागि विभिन्न उपायको तुलनात्मक महत्व देखाएको छ ।

टिप्पणी : कुनै पनि अनिष्ट शक्तिद्वारा ग्रस्थ स्थानको आध्यात्मिमक स्वच्छता गर्नको लागि निम्नलिखित प्रभावकारी साधन हुन् :

  • एसएसआरएफ द्वारा निर्मित घूप जलाउने
  • पवित्र जल (तीर्थ) छर्किने

माथी उल्लेख गरेको उपायको दैनिक साधना गर्दै आस्था एवं भावको साथ गरिए प्रभाव त्यस समय अधिक हुन्छ । परिसरको अध्यन गर्ने विज्ञान एवं फेंगशुई जस्ता उपाय अनिष्ट शक्तिद्वारा तर्साउने हटाउनमा सीमित भूमिका रहन्छन् । दुवै पद्धतिद्वारा सुझाएको निर्माणसँग सम्बन्धित परिवर्तन गर्नुको अपेक्षा आध्यात्मिक शुद्धि गर्नको लागि माथि बताएको दई विधिहरु अधिक प्रभावी तथा अधिक लाभप्रद हुन्छ । यति मात्र गर्दा पनि केवल सानो अनि कम शक्ति भएको अनिष्ट शक्तिहरु आध्यात्मिक शुद्धि गर्ने विधिबाट हटेर जान्छ । तल दिएको तालिकामा अनिष्ट शक्ति हटाउनको लागि गरिएको आध्यात्मिक उपायमा गरेको आध्यात्मिक अनुसन्धानको परिणाम प्रस्तुत गरेको छ ।

टिप्पणीहरु :
हामीले भूतले तर्साउने तीन प्रकारले वर्गीकृत गरेका छौं । वास्तविक: यसमा वास्तबमा तर्साउने भूत एवं पूर्खाको लिङ्ग देहद्वारा निर्मित हुन्छ । काल्पनिक : यसमा व्यक्ति घरमा भूतले तर्साउछ भनेर कल्पाना गर्छ अथवा भ्रमित हुन्छ । अन्य : यसमा घर भूतले तर्साउने प्रतीत हुन सक्छ जुन निवासको रचना, भू:खण्डको परिवेश अथवा त्यहाँ रहने व्यक्तिको विचार आदि द्वारा निर्मित नकारात्मक तरङ्गको कारण हुन सक्छ ।

यस स्तम्भ (column) ले भूतले तर्साउने वास्तविक हो, काल्पनिक हो अथवा मात्र नकारात्मक स्पन्दनसँग सम्बन्धित हुने सम्भावना दर्शाउछ । ओझा, तान्त्रिक, मान्त्रिक, आध्यात्मिक उपचारक, पुजारी अथवा मनोरोग विशेषज्ञद्वारा भूत हटाउने सम्भावना अल्प हुन्छ ।

यसको अर्थ हो कि ३० प्रतिशत व्यक्तिहरु जसलाई काल्पनिक स्तरमा लाग्दछन् कि त्यहाँ भूतले तर्साउछ अनि कुनै ओझा अथवा भूत हटाउने व्यक्तिद्वारा परिसरको शुद्धि गरेपछि मानसिक स्तरमा लाग्दछ कि त्यहाँ बाट अनिष्ट शक्ति हटेर गयो । यस प्रकार १० प्रतिशत व्यक्तिहरुलाई पनि केहि फाईदा देखाइ दिन्छ यदि बाधा नकारात्मक तरङ्गको कारण थियो न कि कुनै भूतको कारण ।

साधना (आध्यात्मिक अभ्यास) जुन साधनाको ६ मूलभूत सिद्धान्त अनुसार गरिनाले अनिष्ट शक्तिको स्थाई रुपले त्यस स्थानबाट हटाउन सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ