arrow

‘फ्याटिलिभरबाट बच्न नियमित व्यायम गरौँ, प्रचारको पछि नलागौँ’

logo
यमुना भण्डारी,
प्रकाशित २०७६ फागुन १४ बुधबार
liver-doctor-kashyap.jpg

काठमाडौं। ललितपुर महानगरपालिकाले साइकल लेनका लागि लिएको अग्रसरताको चर्चा अहिले उपत्यकामा मजैले हुन थालेको छ। वाग्मती पुलदेखि कुपन्डोल, पुल्चोक, जावलाखेल हुँदै लगनखेलसम्म जोड्ने पहिलो चरणको साइकल लेनको सुभारम्भ भइसकेको छ। यो श्रेय ललितपुरका मेयर चिरिबाबु महर्जनलाई जान्छ।

साइकल लेनको अर्को खण्ड हो, लगनखेलबाट मंगलबजार र पुल्चोकबाट मंगलबजारसम्म। शहरलाई अब व्यवस्थित, स्वच्छ एवं वातावरणमैत्री बनाउनुपर्छ भन्नेमा राज्य संयन्त्र तातिएको संकेत हो, पनि यो। तर, एउटा स्थानीय सरकारले गरेर मात्रै पर्याप्त हुँदैन भन्ने आवाज उठिसकेको छ। साइकल लेनको कुरा ललितपुर महानगर मात्रै होइन, सबैभन्दा जेठो काठमाडौं महानगरमा पनि चलेको छ।

काठमाडौं महानगरमा कुरा चलेपनि सुरसार भने देखिएको छैन। धेरैले भनिरहेका छन्– ललितपुर महानगरपालिकाले सुरु गरेको साइकल अभियानलाई काठमाडौं, भक्तपुर, बूढानीलकण्ठ, गोदावरी, नागार्जुनलगायत उपत्यकाभित्र रहेका सबैजसो स्थानीय सरकारले अघि बढाउनु पर्छ।

पहिले–पहिले साइकल लेनको कुरा एउटा वौद्धिक जमात र वातावरणका अध्येयताले मात्रै उठान गर्ने विषय थियो। राज्य संयन्त्रको मष्तिष्कमा साइकल लेनको सोंच पलाएको थिएन। काठमाडौंमा धेरै पल्ल बाटो विस्तार भयो। तर, साइकल लेनबारे सोचिएन। ढिलै भएपनि ललितपुर महानगरले अभियानको थालनी गरेको छ।

साइकल लेनको मुद्दा व्यवस्थित शहर र वातावरणसँग मात्रै जोडिँदैन। बढ्दो शहरीकरणसँगै निम्तिरहेका विभिन्न खाले स्वास्थ्य समस्यासमाधानको उपयुक्त काइदा बन्नसक्छ, साइकल लेन। हामीले यहाँनेर साइकल लेनलाई पछिल्लो समय शहरमा बढ्ता देखिन थालेको फ्याटिलिभर डिजिजसँग जोडेका छौँ। 

सुविधाभोगी शहरिया जीवन, बजारीया विज्ञापन र खान पानमा हुने असावधानीले मान्छेहरु आफैँ अनेक स्वास्थ्य समस्यालाई निम्तो दिइरहेका छन्। त्यही समस्या मध्येको एक हो–फ्याटिलिभर डिजिज।

अहिले बजारमा दुई चारदिनमै मोटोपना घटाइन्छ, यो औषधिले त स्वाट्टै सिलिम ! एक पल्ट प्रयोग गरेर त हेर्नुस् जस्ता असाध्यै सस्ता प्रचार भइरहेका छन्। तर, ती प्रचारका पछि लाग्नु अर्थहिन छ भन्छन्–वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा. अखिलेशकुमार कश्यप। उनी, ‘प्रचारका पछि लाग्नुको कुनै अर्थ छैन र यसको एउटै उपाय हो नियमित व्यायम’ भन्छन्।

डा. कश्यपको भनाईलाई आधार मान्ने हो भने, काठमाडौंमा बस्ने मान्छेका लागि लेनमा साइकल कुदाउनु काइदा भएन त ? शहरमा बस्ने मान्छेहरुको व्यायम नियमित हुँदैन। सामान्य हिँडडुल भएपनि खान पान अनुसारको व्यायम हुन सकिरहेको छैन। शौख र स्वादका लागि चिल्लोको मात्रा बढी भएका खानेकुरा खाने, खाना–पान र त्यसको असरबारे जानकारी नराख्ने, खाना पकाउने–भाँडा माझ्ने बोझका कारण जङ्कफुड नै प्रयोग गर्ने आनीबानीले शहरमा बस्ने मान्छेहरुमा थाहै नपाई ‘लिभर क्यान्सर’को जोखिम निम्त्याइरहेको छ।

त्यही कारण विकास निर्माण तथा व्यवस्थापनका कामलाई चेतनासँग पनि जोड्ने पर्ने आवश्यकता औँल्याउँछन्, डा. कश्यप। उनले व्यायमका लागि साइकल नै चढ्नु पर्छ चाँहि भनेका होइनन्। फ्याटिलिभरको मुद्दालाई साइकल लेनसँग भने हामीले नै जोडेका हौँ। डा. कश्यप चिल्लो कम खाने र नियमित व्यायम गर्नुपर्नेमा जोड दिन्छन्।

के हो फ्याटिलिभर ?
कलेजोमा ५ प्रतिशत भन्दाबढी बोसो जम्नुलाई फ्याटिलिभर भनिन्छ। मोटो मान्छेलाई हमेसा यसको जोखिम रहन्छ भने चिल्लो धेरै खाने मान्छे यसको सिकार नै हुन्छ। कलेजोमा बोसो बढ्दै गयो भने लिभरको क्यान्सर हुनसक्ने जोखिम हुन्छ। नियमित व्यायमले फ्याटिलिभरबाट छुटकारा पाउने सरल उपाय छ तर यो समस्या लिभर क्यान्सरमा पुग्यो अथवा सिरोसिस भयो भने उपचार गर्न असाध्यै कठिन हुन्छ।

सिरोसिस भएपछि जन्डिस हुने, वेटलस हुने समस्याहरु देखिन्छन्। र, सिरोसिस भएपछि व्याक हुन निकै कठिन हुन्छ। लिभर नै फेर्नुपर्ने अवस्था आउन सक्छ। यस्तो अवस्थामा आर्थिक अवस्था कमजोर भएका मानिसहरुको बुँतामा उपचार असम्भव छ। अहिले पछिल्लो समय ५०–६० वर्षका आमाहरु पेट फुलेर अस्पताल आउँछन्, डा. कश्यपले भने, ‘त्यो अरु नभई फ्याटिलिभरकै समस्याले हो भन्ने विश्लेषण हुँदैछ। हामी त्यसको निष्कष्र्ष निकाल्ने क्रममा छौँ।’ फ्याटिलिभरलाई घटाउने उपाय व्यायम नै हो। 

यसबारे के भन्छन् डाक्टर कश्यप ?
अहिले धेरै मानिसमा देखिने गरेको समस्या हो, फ्याटिलिभर डिजिज।
फ्याटिलिभर भनेको कलेजोमा बोसो बढी मात्रामा हुनु हो।
कलेजोको विभिन्न कामहरुमा एउटा महत्वपूर्ण काम हो–एक्सेसिप भएको चिनीलाई स्टोर गरेर फ्याटमा रुपान्तरण गर्नु। अर्थात्, बोसोमा रुपान्तरण गर्नु। 
यदि त्यो बोसो एक्सेसिप मात्रामा भयो भने त्यसलाई फ्याटिलिभर डिजिज भन्ने गरिन्छ। 
यसमा समयमै ध्यान दिइएन भने पछि गएर न्यास भनेर डेभ्लप गर्छ। न्याय भनेको ‘नन अल्कोहलिक स्ट्रेटो हेपाटाईटीस’हो। अझै विग्रिदै गयो भने सिरोसिस हुने सम्भावना धेरै हुन्छ। र, लिभर क्यान्सरसम्म हुनसक्छ। त्यसकारण यसलाई समयमै ध्यान दिनु पर्छ।
फ्याटिलिभर डिजिज कुनै सिमटम लिएर आउने होइन। यो रुटिन चेकअप वा अल्ट्रासाउण्ड गर्दा (हामी भिडियो एक्सरे भन्छौँ)त्यसमा देखिने कुरा हो। 
कोही–कोही विरामी पेटको माथिल्लो भागमा दुःखेर आउने गर्छन्। 
फ्याटिलिभर डिजिजलाई समयमा ध्यान दिइएन भने पछि गएर विरामी जण्डिस, वेटलेस भएर क्यान्समा कन्भर्ट भयो भने सिमटमहरु देखिन्छन्। 
यसको उपचार अत्यन्तै सजिलो छ, डाक्टर कहाँ धाइरहनु पर्दैन। दिनहुँ व्यायम गर्नुस्। पहिले गरिरहनु भएको भए अझ बढाउनुस्। चिल्लो कम खानुस्। यदि केही गरी बढ्दै गयो भने डाक्टरको सल्लाहमा औषधि खाँदा सजिलै उपचार हुन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ